सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ – पुर्वमन्त्री राई

नेपालगञ्ज, जुनियर जेसिज लिडर्स एकेडेमीको दशौ राष्टिय सम्मेलन नेपालगञ्जमा सञ्चालन भैरहेको छ । देशभरिबाट आएका जुनियर जेसिजका लिडरहरुको सहभागिता रहेको सो सम्मेलनले वर्तमान अवस्थामा युवाको भूमिका बारे महत्वपुर्ण निर्णयहरु गर्ने आयोजकले जनाएका छन् ।


सो सम्मेलनको एक भव्य समारोहका विच युवा पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले आजको २१ औ शताब्दीमा देश बिकासमा युवाको भुमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले युवाले पनि सो कुरालाई राम्ररी बुझ्न आवश्यक रहेको बताउनुभयो । सरकारले पनि युवाको लागि हरेक क्षेत्रमा लगानी गरेर उनिहरुलाई सक्षम र सबल बनाउन विभिन्न प्रकारका कार्यक्रम ल्याउनु पर्ने माग पुर्वमन्त्री राईले सो अवसरमा गर्नुभयो ।


देशभरका युवालाई नेपालगञ्जमा जम्मा गरेर महत्वपुर्ण सम्मेलन आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै उहाँले युवानै देशका प्रमुख कर्णधार भएको बताउनुभयो ।


सो अवसरमा नेपाल जेसिजसका पुर्व अध्यक्षहरु, नेपालगञ्ज जेसिसका पुर्व अध्यक्षहरु लगायतले पनि युवाले नै राष्ट हाक्ने बताउँदै अहिलेबाट नै देशप्रतिको जिम्मेवारी बोध युवामा हुनुपर्नेमा जोड दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »