सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्रष्टाचार बिरुद्धको अभियानमा पाँच दशक बिताएका भरत जंगम लाई भ्रष्टाचार बिरद्ध नागरिक अभियान नेपालले गर्यो अभिनन्दन

काठमाडौं । नेपालमा भ्रष्टाचार बिरुद्ध अभियानका पिता भनेर परिचय बनाएका एक युग पुरुष भरत जंगमको ७५ बर्षको जन्मोत्सव (हिरक महोत्सव) आज एक कार्यक्रम बिच राष्ट्रिय शभा गृहमा सम्पन्न भएको छ ।
बासुदेव त्रिपाठीको शभापतित्वमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिबेकशिल साझा पार्टीका रबिन्द्र मिश्रको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम मार्फत राजनिति , न्यायलय र प्रशासनिक कार्यबाट आमनागरिकको हितमा कार्यगर्ने राष्ट्रसेवकहरुको सम्मानमा आजैबाट लागुहुने गरी हरेक संसिर १०मा सदाचार स्तंभ दिपम् नामक सम्मान दिने घोषणा समेत भएको थियो । यस पालिको सदाचार स्तंभ दिपम् सम्मान राजनैतिकमा हरि बोल भट्टराई , न्याय क्षेत्रमा प्रकाश वस्ती र प्रशासन क्षेत्रमा प्रेम सन्जेल लाई प्रदान गरीएको थियो ।
कार्यक्रमको अवसरमा भरत जंगम संग सम्बन्धित तिन वटा पस्तकहरु प्नि बिमोचन भएका थिए ।
राजनैतिक , धार्मिक तथा प्रशासनिक क्षेत्रका धेरै मानिस उपस्थित त्यस कार्यक्रमका बक्ताहरुले भरज जंगमको खुलेर प्रशंशा गरेका थिए ।
सयौं जनाले भरत जंगमलाई खादा माला र कदर पत्र प्रदान गरेर अभिनन्दन समेत गरेका थिए ।
भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका महासचिव अर्जून के.सी. तथा अभियन्ता चुडा बहादुर खड्का (मिलन)ले पनि भरत जंगम लाई खादा र माला लगाएर अभिनन्दन पत्र समेत दिई अभिनन्दन गरेका थिए ।
भरत जंगम भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालको संरक्षक पनि हुन् ।
हाल आएर जंगमका कृतिहरु मास्टर्स लेभलमा समेत पढाई हुन थाले पछि जंगमको चर्चा अझ चल्न थालेको हे ।
२०३६ सालमै कालो सुर्य नामक किताब लेखेका जंगमले नेपालको मात्र नभएर विश्वलाई नै एउटा नयाँ आयम दिने बिचारहरु दिएकोले विश्वलेनै बिर्सन नसक्ने पात्र भएको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका महासचिव अर्जून के.सी.ले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »