सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कविन्द्र माेक्तनकाे “भुल्नलाई गाह्रो भो”

काठमाडौँ । “भुल्नलाई गाह्रो भो” प्रेम वियोग गीत सार्वजनीक भएको छ ।

सत्य कथामा आधारित निर्माण गरिएको यो म्युृजिक भिडियोमा काजी लामा, सन्जिव माेक्तान र मनिषा राईको अभिनय हेर्न सकिन्छ भने महानायक अमिर दोङको निर्देशन तथा अभिनय रहेको छ । क्यामरा म्यान सुमन तामाङले यो म्यूजिक भिडियोलाई राम्रोसँग छायाँङ्कन गरेको हो ।

“भुल्नलाई गाह्रो भो” म्युजिक भिडियोमा गायिका एलिना चौहान र गायक कविन्द्र मोक्तानको आवाज रहेको छ । कविन्द्र मोक्तान अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियो सन्देश मुलक रहेको गायक कविन्द्र मोक्तानको दाबी रहेको छ ।

नगरकोटको रत्न नगर क्षेत्रमा छायाँङ्कन गरिएको यो भिडियोमा अभिनित सबै नव कलाकारहरु हुन् । मोडल काजी लामाको जीवनमा घटेको घटनाको आधारमा भिडियो निर्माण गरेको निर्देशक अमिर दोङले सारा खबरलाई जानकारी दिनुभयो ।

मोडल काजी मोक्तान भन्छन् । “अहिले सामाजिक संजाल टिकटक प्रयोग गर्न जानेमा राम्रो हो होइन भने यसले जीवनलाइै नै बर्बाद गरिदिने छन् ।”

कविन्द्र मोक्तानको यो पहिलो म्युजिक भिडियो हो । गीत प्रेम वियोगान्ता भएता पनि धेरै प्रमील जोडिले यो म्युुजिक भिडियो मन पराउनेमा गायक कविन्द्र मोक्तान ढुक्क छन ।

भर्खरै

सम्बन्धित खबर

Language »