सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काँग्रेस, एमाले र माओवादी असफल भैसके, देश विकास हामी गर्छौ– पूर्व प्रधानमन्त्री भट्टराई


सिराज खान
नेपालगञ्ज, पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघयि परिषदका अध्यक्ष डा. बाबुराम भट्टराइले काँग्रेस, एमाले र माओवादी लगायतका दलहरु देश र जनताको अपेक्षा पुरा गर्न असफल भएको बताउनु भएको छ ।

उहाँले ती दलहरु देश निर्माणको साटो आफै भ्रष्टाचार, पदलोलुपता र अनैतिक कार्यमा लागेकोले अब उनिहरुबाट नेपाली जनताले कुने पनि आशा गर्न नसक्ने दावी गर्नुभयो ।

May be an image of 6 people, people standing and indoor


शुक्रवार नेपालगञ्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले आफुलाई ठुला र प्रमुख ठान्ने दलहरु देश निर्माणमा असफल भएकोले अब जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बनेर उदाउने बताउनुभयो । उहाँले माओवादीले केही गर्छ कि भन्ने आशा जनतामा केही वर्ष पिहले पलाएको बताउँदै तर माओवादी पनि काँग्रेस र एमालेकै बाटोमा हिडेकोले सो पार्टीबाट पनि जनताको मोह भंग भैसकेको बताउनुभयो ।

May be an image of 2 people and people standing


विकास र समृद्धि ल्याउन भ्रष्टाचार रोक्नु अनिवार्य शर्त रहेको प्रष्ट पार्दै पुर्व प्रधानमन्त्री भट्टराइले सो र्कायमा समेत काँग्रेस, एमाले र माओवादी फेल भैसकेको दावी गर्नुभयो ।

May be an image of 7 people and people standing


उहाँले आफु प्रधानमन्त्री भएको बेला भ्रष्टाचार नियन्त्रण गरेर नेपालकै इतिहासमा सबैभन्दा बढी राजस्व संकलन गरेर देखाइदिएको जनाउँदै जसापाले मात्रै देश विकास गर्न सक्ने बताउनुभयो । जसपासंग मात्रै भ्रष्टाचार नियन्त्रण, गरिबी निवारण र विकास निर्माणको ठोस योजना र रोडम्याप रहेको ठोकुवा गर्दै नेता भट्टराईले अब जसपानै बैकल्पिक शक्ति बन्ने बताउनुभयो ।

May be an image of 1 person, standing, sitting and crowd

आगामी निर्वाचनमा जसपा निर्णायक शक्ति बनेर उदाउने तथा केही वर्षमा जसपाकै नेतृत्वमा सरकार बन्ने आफुसंग ठोस कार्य योजना रहेकोले सोही बमोजिम हुने उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले देशका सबै उत्पिडित र पिछडिएका वर्गलाई एकजुट पारेर तराई पहाड र हिमाललाई जोडेर जसपा भविष्यमा देशको ठुलो शक्ति बन्ने बताउनुभयो । पार्टी कार्यकर्तालाई आगामी निर्वाचनमा निकै मिहिनेत र अक्रामक तरिकाले खटिन निर्देशन समेत उहाँले दिनुभयो ।

May be an image of 1 person, standing, sitting and crowd


उक्त अवसरमा जसपाका केन्द्रिय कार्यकारीणी सदस्य तथा पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले जनता समाजवादी पार्टी प्रति सम्पुर्ण वर्ग जात धर्म र क्षेत्रका जनताको आकर्षण बढ्दै गएको जनाउँदै अबको मुख्य शक्ति यही पार्टी हुने बताउनुभयो । उहाँले पार्टीका स्थानीय नेता कार्यकर्ताले हरेक जनताको घरदैलोमा गएर सुखदुख साट्नुका साथै संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिनु भयो । जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पुर्वमन्त्री तथा केन्द्रिय सदस्य दान बहादुर कुर्मी चौधरी, जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव लगायतले पनि सम्बोधन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »