सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेलियनपूरवामा पुर्व प्रधानमन्त्री भट्टराईद्धारा १३ करोड लगानी लगाइएको कुखुरा खोरको अवलोकन

नेपालगन्ज, नेपालगन्जमा १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोर निर्माण गरी रजा ग्रुपको कुखुरा पालन, पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरे अवलोकन”- पश्चिम नेपालमै कुखुराको मासुको माग बढ्दै गएपछि बाँकेमा पहिलो पटक ठूलो लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलियनपूरवामा रजा ग्रुप प्रालिले १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोरहरु निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरेको हो । रजा ग्रुप प्रालिका सञ्चालक मुख्तार राईका अनुसार ७५ हजार कुखुरा एकै लटमा पाल्न सक्नेगरी पाँच वटा अत्याधुनिक खोरको निर्माण गरेर कुखुरापालन शुरु गरिएको छ ।

उहाँले ५४ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कुखुरा फार्ममा निर्माण गरिएका पाँच वटा अत्याधुनिक खोर मध्ये एउटामा कुखुरापालन शुरु गरिसकेको र अन्यमा गर्ने तयारीमा रहेकोले अब बाँके बर्दिया र यस क्षेत्रका अन्य जिल्लाहरुमा मासुको अभाव नहुने बताउनुभयो । अत्याधुनिक बातानुकुलित खोर निर्माण गरेर पालिएका कुखुराहरु छिटो बढ्ने, रोग कम लाग्ने, दाना पानी खुवाउन धेरै जनशक्ति खर्चिन नपर्ने हुँदा लगाएको लगानी केही वर्षमै उठाउन सकिनेमा आफूहरु विश्वस्त रहेको सञ्चालक राईले बताउनुभयो ।

हरेक खोरमा १५ हजार कुखुरा पालन गर्ने क्षमता रहेको पाँच वटा खोर रजा ग्रुपले निर्माण गरेको छ । दश दिनको फरकमा हरेक खोरमा बोइलर कुखुराको चल्ला हाल्ने योजना अनुरुप काम भैरहेको छ । पहिलो लट निकाली सकिएकोले यसले थप हौसला मिलेको राईले बताउनुभयो । चितवनतिर यस्तो किसिमको कुखुरा पालन उद्योग सञ्चालनमा रहे पनि पश्चिममा भने निजिस्तरमा पहिलो पटक यस्तो प्रकारको अत्याधुनिक खोर निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरिएको रजा ग्रुपको दावी छ । सो बोइलर कुखुरा फार्ममा हाल ३० जनालाई रोजगारी दिइएको छ ।

सो कुखुरापालनका लागि कुखुरा विकास फार्मले आवश्यक प्राविधिक सहयोग गरिरहेको फार्मका प्रवन्धक डा. शंकर न्यौपानेले बताउनुभयो । उहाँले नेपालगञ्ज जस्तो गर्मी ठाउँका लागि यस्तो खालको तापक्रम मिलाउन सकिने, दाना पानी अटोमेटिक रुपमा दिन सकिने फार्म आवश्यक रहेको अवस्थामा यस फार्मले उक्त आवश्यकता पूरा गरेको पनि बताउनुभयो । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अबलोकन गरि युवाहरुलाई थप हौसला प्रदान गर्नुभएको छ। युवाहरूको यस्ता कार्यले अरु युवामा पनि काम गर्न प्रोत्साहन मिल्ने भट्टराईले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »