सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रक्तचन्दनको तेल अवैध कारोबारमा संलग्न १० जना पक्राउ, मुख्य योजनाकार फरार

काठमाडौं । काठमाडौं महानगरपालिका (८) तिलगंगा स्थित आँखा अस्पताल पछाडिबाट रक्तचन्दनको तेल अबैध ढंगले कारोबार गरिरहेका १० जनालाई गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटेको टोलीले पक्राउ गरेको छ ।

प्रति लिटर ५ लाखको दरले ३३ लिटर कारोबार गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुर गा।पा।(४ घर भई बाँनियाटार बस्ने वर्ष ५० को हेम कुमार श्रेष्ठ, मकवानपुर गढी गा।पा(१ घर भई हाल ललितपुर सानुगाँउ बस्ने वर्ष ३९ को नवीन भन्ने मंगल सिहं लो, काठमाण्डौ टोखा न।पा(४ घर भई बस्ने बर्ष ३७ को ईक्रम श्रेष्ठ, काभ्रे बनेपा न.पा.(४) घर भई हाल जि. भक्तपुर दुवाकोट बस्ने बर्ष ३१ को कार्साङ्ग लामा रहेका छन् ।

त्यस्तै गरि खोटाङ हलेसी न.पा.(६) घर भई हाल जि. काठमाण्डौ महाराजगंज बस्ने बर्ष २३ को घनश्याम आले मगर ,काठमाण्डौ का.म.न.पा.(८) तिलगंगा घर भई बस्ने बर्ष ५१ को मदन पोडे, खोटाङ हलेसी न.पा.(९) घर भई हाल जि.काठमाण्डौ चावहिल बस्ने बर्ष २० को जीवन थापा, तनँहु भानू न.पा.(६) घर भई हाल काठमाण्डौ सामाखुसी बस्ने बर्ष २५ को सुदिप थडराई ,काठमाण्डौ का.म.न.पा.(१३) छाउनी घर भई बस्ने बर्ष ५३ को अनिल चरण श्रेष्ठ र काठमाण्डौ का.म.न.पा.(१३) छाउनी घर भई बस्ने बर्ष ५१ को अनुप कुमार श्रेष्ठ रहेका छन् ।

उनिहरुलाई आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धनको क्रममा ती पक्राउ परेका युवाहरु अधिकांश भरियाको रुपमा प्रयोग गर्दै आएको खुलेको छ । एक्कै पटक पक्राउ भएका युवाहरूले एकले अर्कोलाई नचिनेको पाइएको छ ।

ती पक्राउ परेका अधिकांश व्यक्तिले केही मुख्य योजनाकारहरुको नाम लिएका छन् । राजनीतिक दलका भातृ संगठनको जिम्मेवार युवा नेताहरू रहेको र उनिहरुको फोन समेत अफ रहेको प्रहरीले जनाएको छ । अनुसन्धनकै क्रममा रहेकोले मुख्य योजनाकारहरुको नाम गोप्य राखिएको छ । स्रोतका अनुसार मुख्य योजनाकारले रक्तचन्दन, सुन, यार्चागुम्बु लगायत गैरकानुनी बस्तुहरु तस्कर गर्दै आइरहेको बताएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन विभिन्न दलका नेता कार्यकर्ता, प्रहरीको हाकिमहरुको समेत दबाब आइरहेको नाम नबताउने सर्तमा एक प्रहरीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »