सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“यारिम म्हुईला पञ्जि”खाेज्दै नायक अमिर दाेङ, सन्दिप स्याङतान, टुल्साङ माेक्तान

काठमाडौं । जोरपाटीमा रहेको सेकुवा जक्सनमा एक पत्रकार सम्मेलनगरी डम्फु मिडियाको प्रस्तुतिमा “यारिम म्हुईला पञ्जि” सार्वजानिक गरीएको छ ।


डम्फु मिडियाकाे प्रमुख तथा तामाङ कलाकार जगतमा महानायक भनेर परिचित अमिर दोङको शभापतित्वमा भएको कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्य रहेको थियो ।


अमिर दोङको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अमिर दोङ,सन्दिप स्याङ्तान,तुल्साङ मोक्तान,कुईसाङ रुम्बा,सुस्मा मोक्तान ,सबु गोले र सोनि गोलेको प्रमुख अभिनय रहेको छ ।


तामसालिङ मानव मोक्तान को शब्द÷संगित, सन्तोश तामाङ र जितु लोप्चनको स्वर रहेको यो गीत नोर्बु शेर्पाले एरेन्ज गरेका हुन् ।


बज्र न्यासुरको छायंकन, रेशम तामाङको मेकअप रहेको यो भिडियोमा नृत्य निर्देशन चर्चित नृत्य निर्देशक हेरुका लामाले गरेका छन् ।


पत्रकार सम्मेलनमा प्रमुख अतिथिबाट बत्ति बालेर कार्यक्रम शुरुगरीएको थियो भने प्रमुख अतिथि तथा बिषेश अतिथिबाट एकैसाथ भिडियाे क्लिक गरेर सामाजिक संजालमा भिडियो सार्वजानिक गरीएको थियो ।


कार्यक्रममा शुभकामना मनतब्य राख्ने क्रममा मिसन संमृद्ध नेपालका महासचिव तथा तामाङ समुदायका ख्याति प्राप्त पत्रकार मिलन दोङले शब्दले खोजे जस्तो सिन भिडियोले दिन नसकेको हो की ? भन्दै समग्रमा भिडियो राम्रो बनेको तथा आगामि दिनमा अझै राम्रो बन्नेमा बिश्वास गरेको बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिश्व दोङले मुखले भने जस्तो कामगर्न अझ कठिनहुने भन्दै शब्द चयन गर्दा केहि अध्ययन गर्न सुझाव दिएका थिए । दोङले यदि संगित क्षेत्रलाई सघाउने हो भने पत्रकार मित्रहरुले पनि कपि पेस्ट पत्रकारीता बाट उठेर खोजमुलक पत्रकारीतामा लाग्नु आजको आवश्यकता रहेको वताए ।


कार्यक्रमको अन्त्यमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा प्राय कलाकारहरु रहरलेनै यो क्षेत्रमा प्रवेश गरेका र बुझे पछिमात्रै संस्कृति र समुदायको रक्षाको लागि कामगर्ने गरेको निर्देशक अमिर दोङ तथा कलाकार सन्दिप स्याङ्तान बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »