सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेवाः अभियान र उपत्यका ब्यापी सडक बिस्तार पीडित संघर्ष समितिको संयोजनमा शिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनी

काठमाडौं । देशै भर भइरहेको भुमि,सम्पदा र संस्कृति माथिको अतिक्रमणका साथै ब्याप्त भ्रष्टाचार,बेथिति र बिसंगतिको बिरुद्धमा आम नागरिकहरुलाई सचेतना जगाउने अभिप्रायले तयार पारीएको नाटक ठुला माछा – साना माछाको आज बालाजु वाईपासमा प्रदर्शनी गरीएको थियो ।
काठमाडौं उपत्यकामा मात्र नभई सरकारले विकासका नाममा देशैभर गरेको जग्गा अतिक्रमणको कथा केन्द्रमा छ । भाषा, संस्कृति, सम्पदा, पर्यावरण तथा भ्रष्टाचार सम्मका विषयलाई समेत नाटकमा समेटीएको छ ।
एउटा परिवार र समुदायको कथा मार्फत विकासका नाममा भइरहेको अतिक्रमण, बेथिति र भ्रष्टाचार माथि नाटकमा व्यंग्य गरिएको छ ।
बिभिन्न भाषामा देशैभर प्रदर्शन भएर आम नागरिक द्वारा अत्यधिक रुचाईएको यो नाटक काठमाडौं उपत्यकाको लागि नेवाः अभियान र उपत्यका ब्यापी सडक बिस्तार पीडित संघर्ष समितिको संयोजनमा लोकप्रिय नाटक थ्रिएटर “शिल्पी थ्रिएटर” ले तयार तथा प्रदर्शन गरीरहेको छ ।
ठूलो माछा–सानो माछा नाटक घिमिरे युवराजको परिकल्पनामा तयार उनकै निर्देशनमा प्रदर्शन भईरहेको छ ।
“शिल्पी थ्रिएटर” ले मुक्त रंगमञ्च प्रस्तुतिु भनेको यो नाटकमा कृष्णभक्त महर्जन, रेनुका कार्की ढोली, संगिता उराँव, पवित्रा खड्का, मञ्जु श्रेष्ठ, मानहाङ लावती, सविन कट्टेल लगायत कलाकारको अभिनय रहेको छ ।
काठमाडौंमा मञ्चन हुनुअघि “शिल्पी थ्रिएटर” ले यो प्रस्तुति पूर्वी नेपालको मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा समेत प्रदर्शन गरेको थियो ।
पूर्वमा यो नाटकमा नेपालीसँगै त्यहीँका मैथिली,उराँव,थारू लगायत भाषामा संवाद राखिए पनि काठमाडौंमा हुने प्रस्तुतिमा नेपाली सँगै नेपाल भाषाका संवादहरु ंराखिएको छ ।
नाटकले समेटेको विषय नेवार समुदायमा मात्र सीमित छैन । नेपाल भाषाका संवादले मात्र नभई यहाँका मानिसले भोगिरहेका विषयले गर्दा धेरैले नाटक रूचाएर हेरेका थिए । लाइभ संगीत प्रयोग गरिएको नाटकमा गीत–संगीत र कथा सँगसँगै बहेको छ ।
नाटकमा पाइला–पाइलामा नागरीकता बनाउने ठाउँदेखि बिरामी उपचार गराउने अस्पतालसम्म बिचौलिया र भ्रष्टाचारको बिगबिगीलाई पनि रोचक शैलीमा देखाएको छ ।
अनेक समस्यालाई एकै ठाउँमा देखाइँदा एउटै नाटकमा धेरै फराकिलो विषय समेट्न खोजिएजस्तो“शिल्पी नाट्य यात्रा २०७८”को नाममा आगाडी बढाईएको यो नाटकलाई निर्देशक घिमिरे ले सचेतना अभियानको रुपमा लिएको बताउँछन् ।
यो नाट्य यात्रा मार्फत उपत्यकाका पीडित नागरिकहरुको चेतनामा केहि परिवर्तन हुने अपेक्षा गरीएको नेवाः अभियानका रबिन्द्र कुमार श्रेष्ठ तथा असोज महर्जन र उपत्यका ब्यापी सडक बिस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी ले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »