सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्रपाको अध्यक्षमा राजेन्द्र नेतृत्वको प्यानललाई जिताउन बाँकेका प्रतिनिधिहरु सक्रिय

काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता राजेन्द्रलाई जिताउनका लागि बाँके लगायत देशभरका युवाहरु सक्रिय देखिएका छन् । आज काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा दिने छन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरू खुलेर साथ दिएको महाधिवेशन प्रतिनिधि मोहम्मद सफिक बेहनाले बताए ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन छन् । ‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । यसअघि दुवै जना राप्रपाका तीन अध्यक्षमध्येका एक कमल थापानिकट थिए ।

लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् । राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।

पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

अध्यक्ष पदमा उम्मेदवारी दिन चाहेका नेता थापालाई लिङ्देनको आग्रह थियो, ”समयको पदचापलाई बुझ्नुस्। समयको पदचापलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरू अघि बढ्ने बाटो खोलिदिनुस् ।

काठमाडौंमा मंसिर १५ गते देखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै १७ गते सम्पन्न हुने छ । राप्रपाको एकता महाधिवेशनलाई सफल बनाउनका करिब ४ हजार ५ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »