सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलन सम्पन्न : अध्यक्ष जयराम आचार्य सचिवमा तोक बहादुर गधराज (तोकेन्द्र)

काठमाडौं । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको छैठौं जिल्ला सम्मेलन सम्पन्न समितिका निवर्तमान अध्यक्ष तथा सम्पर्क समन्वय समितिका प्रदेश सचिवालय सदस्य ठुलो बाबु श्रेष्ठको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज कृष्ण प्रसाद सापकोटा ( क. देशबन्धु ) को प्रमुख आतिथ्यमा चाबहिल स्थित गोल्डेन लाईट पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।
सम्मेलनले जयराम आचार्यको अध्यक्षतामा ५५ सदस्सिय नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको छ ।
समितिमा अध्यक्ष जयराम आचार्य(मेलम्ची) ,उपाध्यक्ष महेशलाल श्रेष्ठ ( पाँचपोखरी ) ,चेतनाथ नेपाल ( चौतारा ) ,आशा गुरुङ (भोटेकोशी),सचिव तोक बहादुर गधराज (तोकेन्द्र) बलेफी , कोषध्यक्ष सुदर्शन लम्साल ( ईन्द्रावती ) , सह सचिव राजेन्द्र आचार्य ( बलेफी ) , र नक्कुल नेपाल (चौतारा ) लगायत सबै क्षेत्र बाट समावेशी प्रतिनिधित्व हुनेगरी अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्य ,सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा (सुबोध),बागमती प्रदेशका प्रदेशसभा सदस्य, पुर्व सामाजिक बिकास मन्त्री तथा सम्पर्क समन्वय समिति बागमती प्रदेश ईन्चार्ज युवराज दुलाल ( शरद ) , माओवादी केन्द प्रदेश सदस्य बिल बहादुर रायमाझी ( अशोक), अमृता नेपाल ( प्रभा ) , सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोबिन्द पराजुली ( अबिनाश ), चौतारा साँगाचोकगढी का मेयर अमानसिं तामाङ लगायत दर्जनौ नेताहरु तथा ३०० भन्दा बढी आयोजक, प्रतिनिधि ,र पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।
निर्वाचन समितिका प्रमुख बालकृष्ण कोईरालाको संयोजकत्वमा बनेको निर्वाचन समितिले सम्पुर्ण प्रतिनिधिहरुको बिचमा प्यानल प्रस्ताव राखेर सर्वसहमति बाट समिति चयन गरेको थियो ।
यो भन्दा अगाडी रहेको ७५ सदस्सिय समितिलाई भंग गरेर बिधान अनुरुपनै यो संगठन निर्माण भएको थियो ।
कार्यक्रममा बोल्दै युवानेता सुबोध ले संगठनहरु बिस्तार नेतामुखि बन्दै गईरहेकोमा चिन्ता ब्यक्त गरे । त्यो पद पाए कामगर्छु नभए गर्दिन भन्दै घुक्र्याएर बनेको समितिले पार्टीको हितमा काम गर्न नसक्ने भन्दै संगठनको लेनिनबादी सिदान्तलाई बिर्सन नहुनेमा जोड दिएका थिए । समाजबाद उन्मुख बिचारलाई कार्यन्वयन गराउन कम्युनिष्ट पार्टीका सदस्यहरुमा अनुसासन र ईमान्दारीता आबश्यक रहेको नेता सापकोटाले बताए ।
आफ्नो मनतब्य राख्दै पुर्व सामाजिक बिकास मन्त्री तथा सम्पर्क समन्वय समिति बागमती प्रदेशका ईन्चार्ज शरदले सम्पर्क समन्वय समिति भनेको पार्टीको भातृ संगठन नभएर बिशेष संगठन भएकोले यसलाई मजबुद बनाएर लान सके पार्टीपनि बलियो हुने तर्क प्रस्तुत गरेका थिए । सबैलाई अटाएर समाजवादी बाटोमा अगाडी बढ्न यो संगठनले महत्वपुर्ण भुमिका निर्वाह गर्नेकुरामा बिस्वास गरेको बताए ।
माओवादी ले केहिपनि गरेन भन्नेहरुले एक पल्ट ६२–६३ साल अगाडी फर्किएर हेर्नुपर्ने चौतारा साँगाचोकगढी का मेयर अमानसिं तामाङ ले बताए । माओवादीकै जनयुद्धको जगमा टेकेर रोल्पामा घाँस काटेर जिवन निर्वाह गर्ने , सिन्धुपाल्चोकमा हलोजोत्नेहरु राष्ट्रपती ,सभामुख , मन्त्री जस्तो गरीमामय पदमा पुगेको स्मरण गराउँदै माओवादीलाई कमजोर नसम्झन चेतावनी समेत दिएका थिए ।
प्रमुख अतिथिको रुपमा बोल्दै नेता कृष्ण प्रसाद साकोटाले देशी बिदेशी शक्तिहरुले माओवादीलाई छिन्न भिन्न बनाउन ठुलो खेल खेलि रहेको भन्दै हर ठाउँमा सचेतता अपनाएर मात्र अगाडी बढ्न नेता कार्यकर्ता हरुलाई निर्देशन गरेका थिए । एमसिसि पास गराउन दबाब दिने उदेश्यले एउटा गोप्य श्रोतले आफुलाई समेत प्रभावमा पार्न खोजेको उल्लेख गर्दै उनले एमसिसि आम नागरिकको हितमा नभएकोले यसलाई अनुमोदन गर्न नहुनेमा जोड दिएका थिए ।
निवर्तमान अध्यक्ष ठुलो बाबु श्रेष्ठले आफ्नो कार्यकालमा भए गरीएका कार्यहरुको बिवरण सहित प्रतिवेदन पेश गरेका थिए । श्रेष्ठले प्रतिवेदन तयार गर्न महत्वपुर्ण सहयोग गर्नुहुने प्रदेश समिति सदस्य बयान बहादूर कार्कीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमका सबै वक्ताहरुले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »