सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केपी ओली एक धुन्धुकारी हाे, कम्युनिष्ट विराेधी मान्छे हाेः स्वास्थ्यमन्त्री विराेध खतिवडा

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले पूर्व प्रधानमन्त्री केपी ओलीलाई धुन्दुकारीको संज्ञा दिदै आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गर्नुभएको छ ।

आज काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी स्वभाविक रुपमा ठूलो हुने दाबी गर्नुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) ले यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठूलो पार्टी बन्नेछ, तपाईहरू ढुक्कसँग लाग्नुस् । तपाईहरूलाई हामी निराश हुन दिने छैनौँ, खतिवडाले भन्नुभयो ।

खतिवडाले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गर्नुभयो ।

”मलाई कुनै वाहुला कुकुरले टोकेको छैन् । म मकवानपुरबाट पटक पटक निर्वाचित हुँदै आएको मान्छे, यो पटक एमालेमै बसेको भए सकिने थिएँ । (एस) पार्टीमा लागेपछि सुरक्षितसाथ आनन्दको सास फेर्न पाएको छु,” कार्यक्रममा खतिवडाले भन्नुभयो ।

कार्यक्रममा नेता खतिवडाले केपी ओलीको पार्टी एमालेलाई (नो) को संज्ञा दिनुभयो । ”हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् । धेरैले मावध कुमार नेपालको (एस) पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले नो पार्टी हो । यो उनीहरूको ब्यवहारले प्रष्ट पारिसकेको छ,” खतिवडाले भन्नुभयो ।


कार्यक्रममा उहाँले जनतालाई कोरोनाको खोप लगाएर सुरक्षित रहन आग्रह गर्नुहुँदै राज्यको तर्फबाट सरकारले गर्नुपर्ने दायित्व पूरा गर्ने बिश्वास दिलाउनु भयो । सरकारले १६ हजार ठाउँमा खोप केन्द्र राखेर खोप दिन्छ । घरघरमा गएरै भएपनी खोप लगाएर जनताको स्वस्थ्य भएर बाँच्न पाउने अधिकारलाई सुरक्षित बनाउँछौं, उहाँले भन्नुभयो ।

राेशी गाउँपालिका वडा नं. ६ मा भएकाे नेकपा एकिकृत समाजवादीकाे वडा भेलामा चालिस जना भन्दा धेरै युवाहरू नेपाली कांग्रेस र एमाले परित्याग गरि पार्टी प्रवेश गरेकाहरूलाइ स्वास्थ्यमन्त्री खतिवडाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »