सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट दोस्रो सेलो महोत्सव उद्घाटन,

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको आयोजनामा भएको दोस्रो “सेलो तामाङ मौलिक संगीत महोत्सव २०७८” को पर्यटन, सस्कृति तथा नागरिक उड्यन मन्त्री प्रेम आले मगरले तामाङ मौलिक बाजा डम्फु बजाएर उद्घाटन गरेको छ ।

कार्यक्रममा बागमती प्रदेशका उपसभामुख राधीका तामाङ, अन्तराष्ट्रिय नेपाल तामाङ कलाकार संघको उपाध्यक्ष टासी लामा लागाएतका व्यक्तित्वहरु विशेष अतिथिकारुमा रहेका थिए ।

प्रमुख अतिथिको कार्य व्यस्थताको कारणले उद्घाटन गरे लगतै शुभकामना मनतव्य दिएर महोत्सव स्थलबाट बाहिरिएको थियो ।

तामाङ भाषा, संस्कृति र कलाको संरक्षण तथा प्रवद्र्घनका लागि नेपाल सरकारको तर्फबाट नेपाल तामाङ कलाकार संघ तामाङ समुदायका लागि साथ, सहयोग रहने बताउनु भएको छ ।

कार्यक्रमा विशेष अतिथि राधीका तामाङले भाषा, सस्कृति र कलाको प्रचार प्रसारमा मिडियाको भुमिका महत्वपुर्ण रहेता पनि वास्तविकता विषय वस्तुलाई समेटेर समाचार बाहिर ल्याउन नसकेको तामाङ पत्रकारहरुको कमजोर पक्षलाई औलाएका थिए ।

अन्तराष्ट्रिय तामाङ घेदुङको उपाध्यक्ष टासी लामाले मौलिकतालाई बिर्सेर तामाङ समुदायले कहिले माथि उठन नसक्ने बताउदै भन्नु भयो । “मौलिकता भनेको हाम्रो मुल मार्ग हो । हामीले मौलिकतालाई नै बिर्सेमा भाषा, सस्कृतिको लोप हुनेछन् । त्यसकारण हामीले मौलिकतालाई विर्सनु हुँदैन ।”

नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल तामाङले तामाङ संघ सस्थाको अध्यक्षले तामाङको नाममा राजनीति गरेको आरोप लगाएका छन् ।

औपचारिक कार्यकमलाई संघको महासचिव रोशन फ्युवाले संचालन गरेको थियो भने अनौपचारिक कार्यक्रम गायिका निर्माला घिसिङ र गायक आसमान लोप्चनले संचालन गरेको थियो । कार्यक्रमको सभापति विश्व दोङले मंसिर २४ र २५ गते हुने सेलो संगीतिक महोत्सवलाई भव्यताका साथ सम्पन्न गराउन सिंगो तामाङ समुदायलाई अहवान गर्नु भएको छ ।

कार्यक्रम मंसिर २४ गते आज राती ८ बजेसम्म हुने आयोजकले जानकारी दिएको छ । भोलि मंसिर २५ गते बिहान ११ बजेदेखि राती ८ बजेसम्म महोत्सव संचालन हुने छन् । महोत्सवमा फापरे, सेलो, खान्दोके, म्हेन्दोमाया, लगाएत ताम्बा गान्बार नव कलाकारहरुको प्रस्तुती रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »