सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जको कालीमाई मन्दिरमा पौष २० गते देखि श्रीरामकथा हुने


नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ एकलैनी स्थित कालीमाई मन्दिरमा पौष २० गते देखि श्रीरामकथा हुने भएको छ ।
आयोजना गरेको पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाज मूल कार्य समिति बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फउण्डेशन नेपालगन्जको संयुक्त आयोजनामा पौष २० गते देखि २६ गते सम्म श्रीराम कथा हुने भएको कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले पत्रकार सम्मेलनमा जानकारी दिदैं श्रीराम कथाले आर्दश व्यक्तित्व बन्नका लागी सिकाउन्छ ।


माता–पिताले आफ्ना छोरोछोरीहरुलाई संग कस्ता व्यवहार गर्ने, सासु–ससुराले बुहारीसंग कस्ता व्यवहार गर्नु, छोराले आफ्ना माता–पिता संग गर्ने व्यवहार लगायतको बारेमा श्रीराम कथाबाट सिक्न सकिन्छ र राम कथाले आ–आफ्ना कर्तव्य के हो त्यसको सन्देश दिन्छ, त्यही उद्देश्यका साथ श्रीराम कथाको आयोजना गरिएको बताएका थिए ।


पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाजका महासचिव सत्य नारायण कसौंधन र युवा मञ्चका अध्यक्ष आदित्य कुमार गुप्ताले श्रीराम कथाको बारेमा जानकारी गराउदै कथा दिउँसो ३ बजे देखि ६ बजे सम्म दैनिक हुने जानकारी गराएका थिए ।

May be an image of 4 people, people sitting, people standing, indoor and text that says 'श्री समिति 5'


पौष २० गते बिहान ७ बजे कालीमाईको मन्दिरबाट शोभायात्रा निस्किन्छ । सो शोभायात्रा त्रिभुवन चौक हुदैं, त्रिवेणीमोड, बागेश्वरी मन्दिर, धम्बोझी चौक, सेतुबिक चौक भएर फेरी कालीमाई मन्दिरमा पुग्छ । भारत बिन्द्रवनबाट पुरुषोत्तम उपाध्यायको मुखारबिन्दबाट श्रीराम कथा वाचन हुने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »