सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रविन तामाङ बचाउ अभियानमा संकलित रकम ३७ लाख ८९ हजार २ सय ७० हस्तान्तरण

काठमाडौँ । ब्लड क्यानसर पीडित रविन तामाङ बचाउ अभियानको क्रममा संकलन भएको ३७ लाख ८९ हजार २ सय ७० रुपियाँ रकम पत्रकार सम्मेलन गरी हस्तान्तरण गरिएको छ ।

सामाजिक अभियान्त तथा मिसन समृद्ध नेपालको अध्यक्ष सुदिन लामा दोङको विशेष पहलमा यो अभियान संचालन भएको थियो । प्रायोजकको रुपमा छोर्वाला काईगेताङ र बज्रशक्ति नेपालको संयुक्त आयोजनामा ब्लड क्यान्सर पीडित रविन तामाङ बचाउ अभियान संचालन गरेको थियो ।

करिब एक महिनाको अभियानमा यो रकम संकलन भएको हो । पौष २४ गते भक्तपुरको शुभकामना पाटी प्यालेसमा पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतित्थयतामा कार्यक्रम सम्पन्न भएको थियो । राज्यको तर्फबाट आवश्यक रकमको लागि विशेष पहल गरिदिने बचनबद्धता प्रमुख अतिथि दोङले गर्नु भएको छ ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन कुमार बल, नेपाल निर्माण व्यवसायी संघको केन्द्रिय सल्लाहकार हस्त बहादुर घिसिङ, युवा व्यवसायी विनोद योञ्जन, सेकुवा एक्सप्रेसको संचालक विजय लामा, लगाएतका सहयोगी मनका व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए भने नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा सेलो किङ चन्द्रकुमार दोङ, वरिष्ठ गायिका इन्दिरा गोले, नेपाल तामाङ कलाकार संघको महासचिव विशाल काल्तन, सहसचिव सुभास मोक्तान लगाएतका कलाकारहरु अतिथिको रुपमा रहेका थिए ।

ब्लड क्यानसर पीडित रविन तामाङलाई सहयोग गर्नका लगि कलाकारहरुले विभिन्नि गीतहरु प्रस्तुत गरेका थिए भने चन्दबक्समा सकेको आर्थिक सहयोग पनि गरेको थियो ।

सामाजिक अभियान्त तथा पत्रकार सुदिन दोङको १४ औं अभियान हो । यो अभियानमा सारा खबरको पत्रकार तथा तामाङ पत्रकार संघको केन्द्रिय सदस्य मिलन लामा दोङ, सामाजिक अभियान्त तथा पत्रकार विकास देव योञ्जन, नमोबुद्घ न्युजको पत्रकार छेडुप दोङ, जिक्तेन खबरको पत्रकार मिङमा योञ्जन, राष्ट्रिय खेलाडी सागार घिसिङ निरन्तर अभियानमा जुटेको थियो ।

विभिन्न सामाजीक संघ सस्था, विदेशमा रहेका नेपाली तामाङ दाजुभाई तथा दिदीबहिनी र संघ सस्थाले पठाएको रकम साथं कार्यक्रमस्थलमा संकलन गरेको रकम गरि ३७ लाख ८९ हजार २ सय ७० रुपियाँ संकलन भएको हो । उक्त रकम पौष २५ गते आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको संयोजक सदस्य हस्त बहादुर तामाङ, सुदिन लामा दोङ लागएतका टिमले ब्लड क्यान्सर पीडित रविन तामाङको बुबालाई हस्तान्तरण गरेको हो ।

निस्वार्थ भावना राखेर आर्थिक अभावमा रहेका तामाङ समुदायको कुनैपनि विरामीलाई आवश्यक रकम जुटाउन सक्ने रहेछ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »