सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितको उच्च बिन्दुमा नेपाल : यस्तो छ श्वास्थ्य मन्त्रालयको अपडेट

काठमान्डौ । नेपालमा आज एकैदिन १२३३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिनेज परीक्षणबाट २२८६ जनामा कोरोना पुष्टि भएको छ
३४ घण्टामा २७ हजार ४७९ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा २१ हजार ७ पीसीआर र ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ ।
२३ घण्टामा ६४९ जना कोरोना मुक्त भएका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा तीन दिनदेखि लगातार कोरोनाको रकर्ड बनिरहेको छ ।
बुधबार ११ हजार ३५२ मा र मंगलबार १० हजार २५८ मा कोरोना पुष्टि भएको थियो ।
काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »