सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नक्कली नोटको कारोवारमा दुई जनालाई चितवनमा पक्राउ

चितवन । नक्कली नोटको कारोवार गर्ने २ जनालाई चितवनमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नं. ३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. ०३ मा डेरा गरी बस्ने २५ बर्षीय पबिता घताने र राप्ती नगरपालिका वडा नं. ०७ बस्ने २७ बर्षीय गगन लाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ०३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिता घतानीले कपडा खरिद गरेपछी दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।घतानीको साथबाट दश हजार रूपैयाँ नक्कली नोट बरामद गरेको हो । उक्त घटनामा संलग्न रहेका गगन बहादुर तामाङलाई समेत सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । तामाङको साथबाट मोबाईल १ थान, ल्यापटप १ थान र सौर्य दैनिकको प्रेस कार्डसमेत बरामद गरेको थियो ।

पक्राउ परेका घताने र तामाङलाइ मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा)मा जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको चितवन प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »