सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनेरास्ववियु (एमाले) ले तेमाल गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

काठमाडौं । तेमाल गाउँपालिका प्रमुख सलम सिङ तामाङ र उपाध्यक्ष दुर्गा माया तामाङ पालिका कार्यलयमा उपस्थित नहुदा हामीले प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाललाई आम विद्यार्थीको आवाजलाई तत्काल सम्बोधन गर्न अनुरोध गर्दै अनेरास्ववियु तेमाल कमिटीले आफ्नो मागहरु राखेर आज तेमाल गाउँपालिकामा आफ्नो ज्ञापनपत्र बुझाएको छ ।

संगठनकाे मागहरू तत्काल सम्बोधन नभए थप प्रभावकारी आन्दोलन गर्ने चेतावनी दिएकाे छ । आन्दोलनबाट सुजित परिस्थितिको जिम्मेवार तेमाल गाउँपालिका स्वयम् हुने भन्दै पालिकालाइ दबाब दिएकाे अनेरास्वियु  तेमाल गाउँ पालिका कमिटी अध्यक्ष दूत राज तामाङले बताउनु भयो ।

आम विद्यार्थीको आवाजलाई तत्काल सम्बोधन गर्न अनुरोध गर्दै अनेरास्ववियु तेमाल कमिटीले निम्नलिखित मागहरु राखेर आज तेमाल गाउँपालिकामा आफ्नो ज्ञापनपत्र बुझाएको हाे ।
                         मागहरु
१:- विद्यार्थीहरुलाई चाडो भन्दा चाडो कोभिड-१९(कोरोना भाइरस) को खोप व्यवस्था गर्नुपर्ने ।
२:-विद्यार्थी आन्दोलनबाट प्राप्त ४५% छुट तेमालको बाटोमा गुट्ने सार्बजनिक यातायातको सवारी साधनमा पुर्ण रूपमा लागू गर्नुपर्ने साथै खुद्रा पैसा छैन भन्दै बढी भाडा असुलिरहेको हुँदा यसको प्रभावकारी अनुगमन गरि तत्काल नियन्त्रण गर्नुपर्ने ।
३:-तेमाल गाउँपालिका भित्र रहेको दस वटा मा.वि. तहको विद्यालयमा अध्यनरत विद्यार्थी छात्राहरुको लागि गुणस्तरीय सेनेटरी प्याड निशुल्क व्यवस्था गर्नुपर्ने ।
४:- विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि शैक्षिक स्तर उन्नति एवम् सर्वाङ्गिन क्षमता विकासको लागि सबै विद्यालयमा पुस्तकालयको स्थापना गर्नुपर्ने ।
५:-सार्बजनिक यातायातमा वृद्ध आमा बुबाको वृद्ध कार्ड छुट हुनुपर्ने ।

हाम्रो संगठनको मागहरू तत्काल सम्बोधन नभए थप प्रभावकारी आन्दोलनमा गर्न बाध्य हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »