सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा बेमौसमी बर्षाले १५ करोड बढी रकमको काँचो ईट्टा गलेर नस्ट


नेपालगंज, खुल्ला आकास मुनि करोडौंको जोखिम मोलेर गरिने ईट्टा व्यवसायीहरुलाई माघ ९ र १० गते परेको पानीले निराश बनएको छ । ईट्टा बनाउने सिजनको पिक आवरमा परेको बर्षाका कारण यतिबेला बाँके जिल्लामा मात्र लगभग ६ करोड काँचो ईट्टा गलेर नस्ट भएको छ ।

पर्ति काँचो ईट्टा २ रुपैयाँ भन्दा बढी खर्च पर्न जने हुँदा यो बर्षाले बाँकेमा मात्र लगभग १५ करोड बराबरको लगानी क्षति भएको छ । कोईला, माटो लगायतका सामाग्रीमा भएको गतबर्ष भन्दा दोब्बर मुल्य बृद्धिले ढाड सेकिराखेका बेला यो बेमौसमी बर्षाले ईट्टा ब्यवसायलाई नराम्रो गरि थला परेको छ ।

बिकास निर्माणको मेरुदण्ड नै रहेको ईट्टा ब्यवसाय कैंयौं जोखिम मोलेर पनि नेपाललाई ईट्टामा आत्मनिर्भर बनाउन सफल ब्यवसाय भएको भएपनि राज्य द्वारा उपेक्षा गरिएको ब्यवसाय हो । देश बिकास निर्माणमा ठुलो योगदान पुर्याउने व्यवसाय भएता पनि यसको लागि ईन्धनको रुपमा प्रयोग हुने ।

No description available.

कोइलाको सहज उपलब्धता र आबस्यक दक्ष जनशक्तिको सहज उपलब्धतामा राज्यले कुनै सहयोग नगरेको र सरकारकै स्वामित्वमा रहेको बिमा समिति मार्फत रहने बिमा कम्पनीहरुले करोडौं मुल्य बराबरको काँचो ईट्टाको जोखिम बिमा समेत गर्न नमान्दा समेत सरकारले कुनै सहयोग नगर्ने भएकोले अब यो व्यवसायबाट पलायन हुनुपर्ने जोखिम बढेको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देब बहादुर वलीले बताए ।

No description available.

नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सुर्यमणि पौडेलले आजकल सिजनल खेति बालि, पशुपंक्षी, फलफूल लगायतको त बिमा हुने गरेकोमा काँचो ईट्टाको बिमा नहुनु सरकारले यो व्यवसायको महत्व नबुझेको साथै नेपालको ब्यापारमा अन्य देशबाट नेपालमा आयात गर्ने सामाग्रीहरुको मात्रा बढ्दा नेपालको अर्थतन्त्र नै धरासायी भएको अवस्थामा यस्तै अवस्था रहे आगामी दिनमा ईट्टा पनि आयात गर्नुपर्ने हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »