सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेलोकिङ चन्द्र कुमार दोङले दियो गायिका निर्मला घिसिङलाई नयाँ उपनाम “निरकमल”

काठमाडौं । सेलोकिङ तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले गायिका निर्मला घिसिङलाई नयाँ उपनाम दिएको छ “निरकमल” ।

वनस्थलीको वर्गर हाउसमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको “शिरफूल” म्युजिक भिडियोकाे कार्यक्रममा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले गायिका “निरकमल” उपनाम दिएको हो ।

गायिका निर्मला घिसिङको “शिरफूल” म्युजिक भिडियो ”दरबन्धी” पछिको म्युजिक भिडियो हो ।

संगीतकार तथा गायक सुसन तामाङले “शिरफूल” अत्ति नै राम्रो भिडियो निर्माण भएको तर शब्द रचना गर्दा लय मिलाउन मात्रै गीत सृजना गर्न नमिल्ने बताउनुभयो ।

भाईरल हुनका लागि मात्रै गीत संगीतमा लाग्न नहुने उहाँको दाबी रहेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि र कार्यक्रमको सभापति बिना नै कार्यक्रम, गायिका निर्मला घिसिङले नै संचालन गरेको थियो ।


पत्रकार सम्मेलनको व्यवस्थापन वर्गर हाउस “वनस्थली”को संचालक प्रभात लामाले गरेको हो ।

शिरफूलमा नव मोडल रोहनी तामाङको दोस्रो म्युजिक भिडियो हो । उनको पहिलो म्युजिक भिडियो “होई च्याङवा”बाट तामाङ सेलोमा डेवु गरेको थियो । कोरियोग्राफि अजय स्याङतनको निर्देशनमा निर्माण भएको यो म्युजिक भिडियोमा मोडल रोहनी तामाङको भविष्य उज्ज्वल छ भन्दा फरक नपर्ला ।

दैनिकरुपमा तामाङ म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी नै छन् तर त्यो भीडमा रोहनी तामाङले उत्कृष्ट प्रतिस्पर्दा गर्न सकिनेछन् भन्दा फरक नपर्ला ।

पद्यम तामाङको शब्द, वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको छ ।

गायिका निर्मला घिसिङ तामाङ समुदायमात्रै नभएर नेपाली गीत संगीतमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको गायिका हो ।

कार्यक्रममा तामाङ डाजाङको अध्यक्ष फूलकुमार बम्जन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान, मोडल रजनी घिसिङ, लगाएतका व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।

भिडियो निर्मला घिसिङ युटुव च्यानलबाट गायिकाको बुबा, वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ, गायक तथा संगीतकार सुसन लामाले संयुक्तरुपमा दिप प्रज्वलन गरि सार्वजनिक गरिएको हो ।

भिडियाे हेर्न नभुल्नु हाेला ।

https://youtu.be/1PKb2ZbUbQc

https://youtu.be/1PKb2ZbUbQc

भर्खरै

सम्बन्धित खबर

Language »