सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा माओवादी केन्द्र बागमती प्रदेश का अध्यक्ष सरल सहयात्री को पिताको निधन : पार्टीको झण्डा ओडाई अन्तिम श्रदान्जली

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र बागमती प्रदेश का अध्यक्ष सरल सहयात्री का पिता नर प्रसाद पौडेल को ९० बर्ष को उमेर मा निधन भएको छ ।
लामो समय देखि स्वास प्रस्वासको समस्याले ग्रस्त पौडेल को पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका केन्द्र देखी स्थानीय तह सम्मका नेताकार्यकर्ता हरु तथा स्थानीय हरु को समेत उपस्तिथि मा सुनकोसी नदि किनार मा अन्तिम श्रद्धाञ्जली सहित अन्तेष्ठी गरिएको छ ।
अन्तेष्ठी कार्यक्रम मा माओवादी केन्द्र का नेता हितमान शाक्य, नारायण दाहाल ,कृष्णप्रसाद सापकोटा, बागमती प्रदेश को मन्त्री सालिकग्रम जमरकटेल, पुर्व सामाजिक विकास मन्त्री युबराज दुलाल, युवा नेता माधप सापकोटा, ठुलो बाबू श्रेष्ठ,जिल्ला संयोजक गोबिन्द पराजुली , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्य , सचिव तोक बहादुर बिश्वकर्मा (तोकेन्द्र) लगायत स्थानीय तथा विभिन्न पार्टी का नेता कर्याकर्ता हरुको उपस्थितिमा पार्टी को झन्डा वडाइ अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
नेकपा माओवादी केन्द्रका संगठित सदस्य समेत रहेका पौडेललाई अन्तिम श्रदान्जली दिन बाह्रबिसे आसपासका ६०० भन्दा बढी सर्वसाधारण को समेत उपस्थिति रहेको थियो ।
अध्यक्ष सरल सहयात्री का जेठा दाई शम्भु पौडेल माओवादी जनयुद्धकै क्रममा सहिद भएका हुन् ।
पौडेलको निधनले सिन्धुपाल्चोक माओवादी केन्द्र ले एक सच्चा अभिवाबक गुमाएको उपस्थित नेताहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »