नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले नुवाकोटको एक बिकट गाउँमा पुगेर जनयुद्ध कालिन झल्को मेटाउने २७ औं जनयुद्ध दिवस मनाएको छ ।
नेकपा बिप्लब समुहबाट बिद्रोह गरि उत्पादन सहितको शसस्त्र जनबिद्रोहको कार्यदिशालाई पारीत गर्दै गठन भएको यस पार्टीले आफ्नो १४ वटै ब्युरोहरुमा एकसाथ जनयुद्ध दिवस मनाएको बताएको छ ।
यो संबिधान र संसदिय ब्यबस्था बाट आम नेपालीजनताको संबृद्धीको कल्पना पनि गर्न नसकिने भन्दै आज सम्म कम्युनिष्ट पार्टी र जनवादी ब्यबस्था ल्याउने भन्दै नेपाली जनतालाई झुक्याएर सत्ता र शक्तिमा पुगेपछि आफ्नो दुनो मात्र सोझ्याउने प्रतिक्रान्तिकारी , दलाल तथा नव संसोधनवादी नेता कार्यकर्ताहरुलाई पहिचान गरि धुलो चटाए मात्र अबको क्रान्ति सफल हुने नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव सक्षम ले बताए ।
आबस्यक पर्दा हजारौं को संख्यामा जनमुक्ती सेना निर्माण गरेर यो ब्यबबस्थाको बिरुद्धमा उत्पादन र स्वरोजगार सहितको शसस्त्र बिद्रोह गर्न सकिने आधार तयार भएको भन्दै नेता सक्षमले संपुर्ण देशभक्त तथा प्रगतिशिल पुँजिपति वर्गलाई सहयोग को लागि अपिल गरेका छन् ।
समाजमा रहेका हरेक खालका अपराधि र भ्रष्टहरुको लिष्ट तयार भै सकेकोले अब कि सुध्रिएर आउन कि कावार्हि भोग्न तयार भएर बस्न नेता सक्षमले चुनौति समेत दिएका छन् ।
अबको बिद्रोहमा हतियारले प्रधान काम गर्न नसक्ने भन्दै उनले समाजवाद उन्मुख राज्य ब्यबस्था ल्याउन उत्पादन मा टेक्नोलाजिको प्रयोग अनिवार्य भएकोले क्रान्तिका मोडल हरु परिवर्तन हुन सक्ने तर्फ संकेत गरेका छन् ।

जनयुद्ध कालिन झल्को आउने गरि नेकपा(क्रान्तिकारी)ले २७ औं जनयुद्ध दिवस मनायो








