सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेसियल हाउस द्वारा प्रणय दिवस फोटो शुट

काठमाडौ ।फेसियल हाउसले विभिन्न ओकेजनमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तरर्ता दिएको छ ।

एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् ।

अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् । फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ ।

दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् । उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् । उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु ।

उनले फेसियल हाउस को मेकअप र हेयर स्टाइलको खुलेर प्रसंसा गरेकी छिन् । सनम ले भने पहिलो चोटी फेसियल हाउस सँग जोईन्ट भयर काम गर्न पाउदा आफुलाई सौभाग्यमानी ठानेको बताए । सनम भन्छन् ’ त्यतिकै हैन रहिछ नेपाल को नम्बर १ ब्युटीपार्लर फेसियल हाउस भनेको सुषमा दिदी संग काम गर्दा पारिवारिक महसुश हुदो रहिछ आगामी दिनहरुमा पनि फेसियल हाउस संग आफुलाई फेरी फेरी काम गर्न चाहा बढेको बताए ।

नेपालमा पनि १४ फेबरअरीको दिन प्रणय दिवस (भ्यालेनटाईन डे ) मानाउने गरीएको छ । यस दिनलाई फेसियल हाउसले विशेष रुपमा मनाउने गरीएको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महराले बताईन् ।

यो दिन फोटोलाइ आरकाइभ गर्ने र फेसियल हाउसमा आउने जोडीलाई ५० प्रतिसत छुट दिने जनाइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »