नेपालगञ्ज, बाँकेमा जनता समाजवादी पार्टी प्रति जनसमर्थन दिनदिनै बढ्दै गएको छ । निर्वाचन नजिकिएकै बेला दैनिकजसो पार्टीमा प्रवेश गर्नेहरु थपिंदै गएका छन् ।
सोही क्रममा विहिबार ठुलो संख्यामा डुडुवा गाउँपालिकामा फेरी १७८ जना महत्वपुर्ण व्यक्तिहरुले जसपामा प्रवेश गरेका छन् । डुडुवा गाउँपालिकाको वडा नम्बर १ र २ मा १७८ जनाले जसपाको सदस्यता लिंदै जसपालाई विजयी गराउने प्रतिवद्धता समेत जनाएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

ती १७८ जना महत्वपुर्ण व्यक्तिहरुलाई पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एंव पुर्व शहरी बिकास मन्त्री मो ईश्तियाक राईले सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो । सो अवसरमा बोल्दै उहाँले यो प्रवेशबाट डुडुवामा पार्टीका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताउनुभयो ।
उहाँले यस पटक डुडुवा, नरैनापुर, नेपालगञ्ज र जानकीलाई जसपाको किल्ला बनाउने उदघोष गर्दै चार वटै पालिकामा अझै धेरैजना पार्टीमा प्रवेशका लागि तयार रहेको बताउनुभयो । उक्त अवसरमा जसपाबाट डुडुवा गाउँपालिकाको अध्यक्षका उम्मेदवार भण्डारीलाल यादव लगायतले नव प्रवेशीहरुको स्वागत गर्दै यस पटक डुडुवा जसपाको किल्ला बन्ने दावी गर्नुभयो ।
उहाँले जनताले परिवर्तन खोजेको जनाउँदै यस पटक यहाँ विकास विरोधीलाई जनताले लखेट्ने तयारी गरिसकेको बताउनुभयो ।
जसपा डुडुवा गाउंपालिकाका अध्यक्ष दुर्गा प्रसाद बर्माको अध्यक्षता सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्मा, वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सगीर खां, वडा नम्बर २ का निर्वाचित वडा सदस्य ईजाजुद्दीन खां, बिनय लोनिया, वडा नम्बर ३ का निर्वाचित वडा सदस्य आमोद तिवारी लगायतले पनि प्रवेश गर्नेहरुको स्वागत गर्दै जसपाका उम्मेदवारलाई जिताउन सबैसंग आग्रह गर्नु भएको थियो ।








