सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजले देखेर पनि बाेल्न नसकेकाे कथा ”दुःखकाे भारी”

काठमाडौँ । महाकवि लक्ष्मी प्रसाद देवकोटा बाँचि रहेको भए सायद रत्नपार्कको छेउमा बसेर गीत गाउँदै जीवन गुुजारा गरेर जीवन बेतित गरिरहेका अन्धा अन्धीको कथालाई “मुना मदन” जस्तै रसिलो सुन्तलाको स्वादमा किताब लेख्ने थियो होला ।

आधुनिक प्रविधिको विकाससँगै महाकवि लक्ष्मी प्रसाद देवकोटाको परिकल्पना भन्दा टाडा नभएपनि केहि फरक छ । प्रविधिले हाम्रो हात हातमा मोबाइल ल्याइपुु¥याई दिएको छ ।

समाजको कथा पढ्न पाउने भनेको किताब पछिको साधन गीत संगीत नै हो । डिजिटलको कारणले विस्तारै किताब ओझेलमा पर्दै गएको छ । अब ई–बुकमा पढ्नु पर्छ । व्यस्तताको कारणले किताब भन्दा गीत संगीत हेर्न थालि सकेको छ । गीत संगीतको माध्यमबाट नै समाजको वास्तविक कथा बुझ्ने प्रयासमा छन् आम जनमानस ।

गायक प्रकास सपुत को “पीर” म्युूजिक भिडियोको कारणले नेपालको सेयर मार्केट नै हल्लिएको थियो । मुुलधारको गीत संगीतले बेला बेलामा तहल्क नपिट्ने होइन , तहल्क पिटिरहेको नै हुन्छन् । तर मुलधारमा नै भएतापनि संघर्षरत गायक गायिकाको हकमा भने यो लागू हुँदैन ।

गायक तथा संगीतकार कविन्द्र मोक्तानले मुुलधारको गीत संगीतको माध्यमबाट नै समाजमा केहि सन्देश दिने प्रयास गरिरहेका छन् । उनले छोटो समयमा किरब आधा दर्जन म्युजिक भिडियो सार्वजनि गरिसकेका छन् । पहिलो म्युजिक भिडियो सोसल मिडियामा ट्रेन्डिङमा पर्न सफल भएको थियो । त्यसपछि निरन्तररुपमा कविन्द्र तामाङ अफिसियलबाट म्यूजिक भिडियो सार्वजनिक गर्ने क्रम रोकिएको छैन ।

केटाः जीवन भरी साथ दिन्छु भने थामी देउन हात तिमीले पनि,
केटीः रोज्ने छैन अरुलाई छोडी तिमीलाई,
इतिहासमा लेखि राहोस् हाम्रो मायालाई
तिमी नै हो जीवन साथी,
केटाः दुःखको भारी आदि आदि मिलेर संगै बोकौला, र्र्
एक टुुक्रपनि बाँडी चुडी खाएर भोक मेटौला,

“दुुःखको भारी” यो कथाले समाजको वास्तविक ऐना देखाएको छ तर बजारमा चर्चा कम छ किन ? यो घर घरको कथा हो । टोल टोलको कथा हो । आम जनमानसलाई हेर्दा–हेर्दा, देख्दा नै पुरानो भइसक्यो । म्युजिक भिडियोमा हेर्दा पनि त्यही सडकको कथा भएको हुनाले चर्चा बटुल्न नसकेको होला तर समाजको वास्तविक ऐन भने यही हो । सत्य तितो हुन्छ । चर्चा कम हुन्छ । यो जीवन्त रहन्छ । कहिले पुरानो हुँदैन । सदाबाहार गुञ्जिरहन्छ । सबैको मनमनमा बसिरहन्छ । मेटिएर मेटिदैन ।

हो, समाजलाई परिवर्तन गर्न , समाजको आँखा उर्गान गाह्रो छ । बुुझेपछि त्यसको अन्त्य हुन्छ नै । त्यसैले “दुुःखको भारी” म्युजिक भिडियो तितो औषधी हो । यसलाई कम मान्छेले मात्रै बुुझ्ने प्रयास गर्नेछन् । महत्वको दृष्टिकोणले सुन भन्दा महाँगो हुुने छ ।

सोसल मिडियामा चर्चा कमाउन सफल काजी लामा, प्रणिस गीरि, कृष्ण गीरि र तामाङ समुदायको नायिका तथा मोडल सुुष्म मोक्तानले हरे वर्गको जीवन कथालाई ऊनेर यथार्थपरक तरिकाले अभिनय गरेको छ । कलाकारले म्यूजिक भिडियोको मर्मलाई न्याय दिलाएको छ भन्दा फरक नपर्ला ।

वाइ यस के ग्रुपको रेवन चश्माबाट अभिनयको यात्रा शुुरु गेको मोडल वाङतेन लामाको अभिनयलाई पनि यो म्युजिक भिडियोमा देख्न सकिनेछन् ।

तामाङ समुुदायमा सेक्सी आवाजको रुपमा पहिचान कमाउन सफल गायिका जितु लोप्चनाको सुुरिलो आवाजलाई प्रशंसा गरेन भने अन्याय गरेको भन्ला । गायिका जितु लोप्चनले मुलधारको गीत संगीतमा पनि प्रतिस्पर्दा गर्न सकिन्छ भन्ने यो म्युजिक भिडियोले बलियो प्रमाण दिएको छ ।

कविन्द्र माेक्तानकाे शब्द संगीत र अावाजमा रहेकाे दुःखकाे भारी म्युजिक भिडियाे जितु लाेप्चनकाे साथमा

भर्खरै

सम्बन्धित खबर

Language »