सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेयरका उम्मेदवार कमरुद्दीन राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपािलकाको मेयरका उम्मेदवार तथा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बाँकेस्थित कारागारमा रहनु भएका कैदी बन्दीको रोजा अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ ।


राईद्धारा प्रदान गरिएको सो खाद्यान्न सहयोगलाई जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य राशीद कुरेशी र प्रदेश उपाध्यक्ष बदरुदुज्जा लगायतले बुधवार कारगारका जेलर राम कुमार सोनकरलाई कारगारमै पुगेर हस्तान्तरण गर्नुभयो । गरिब विपन्न र असहाय लगायतलाई सधैं सहयोग गरेर रमाउने मेयरका उम्मेदवार राईले सो खाद्यान्नलाई रोजा अफ्तार र सहेरीमा प्रयोग गर्ने र त्यसबाट रोजा नबस्ने अन्य धर्म समुदायका कैदीबन्दीलाई पनि खुवाउन आग्रह गरिएको बताउनुभयो ।


उहाँले रोजा एक समुदायको भएपनि अफ्तारको समयमा कारगारमा रहेका अरु धर्म समुदायकालाइ पनि सामेल गराउन अनुरोध गरिएको बताउनुभयो ।


कारगारका जेलर सोनकरले सो सहयोगबाट रोजा बस्नेहरुलाई अफ्तार र सहेरीका लागि निकै लाभ मिल्ने बताउनुभयो । जसपा बाँकेका अध्यक्ष राईले यस अघि पनि कोभिडको समयमा २ वर्ष निरन्तर भोकै बसेका र समस्यामा परेकाहरुलाई घरघरमा पुगेर खोजी खोजी खाद्यान्न वितरण गर्नु भएको थियो । आफुलाई नेता भन्दा पनि सर्वसाधारणको सेवक भन्न रुचाउने राईले गरिब। असहाय र आवश्यकता भएका र समस्यामा परेकालाई सहयोग गर्न पाउँदा निकै आनन्दको अनुभूति हुने गरेको बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »