सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काँग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफािरस, कनौडियाले टिकट पाउने पक्का

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस बाँकेले १४ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने ११ जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली काँग्रेसका नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।


जतिजनाको नाम सिफारिस गरिएपनि डा. कनोडियाले टिकट पाउने करिब करिब पक्का भैसकेको र औपचारिकताका लागि मात्रै सबै इच्छुकको नाम सिफारिस गरिएको बताईएको छ । तर, वर्तमान उपमेयर उमा थापा मगरले पनि कडा दावी प्रस्तुत गरेकोले टिकट घोषणामा अझै केही समय लाग्ने देखिएको छ ।


उपमेयरमा रेणु सिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिव कुमार बर्मा, पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायणी रुपाखेती, मो कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम सिफारिस गरिएको छ । तर, गठबन्धन भएको खण्डमा उपमेयर माओवादी वा अन्य कुनै दललाई दिनुपर्ने हुँदा ती नाम सिफािरसको कुनै औचित्य नभएको काँग्रेसकै एक नेताले बताए ।
सत्ता गठबन्धनमा रहेको जसपा बाँकेले चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरिसकेकोले अब काँग्रेस, माओवादी, नेकपा एस र जनमोर्चाविच गठबन्धन गर्ने गृहकार्य जिल्लामा शुरु गरिएको छ ।

No photo description available.

सो गृहकार्य पन कति सफल हुने हो तयो भने समयले बताउनेछ । काँग्रेसले नेपालगञ्ज र कोहलपुरमा दावी नछोड्ने देखिएपछि गठबन्धनमा समस्या उत्पन्न भएको सत्ता गठबन्धनकै एक नोले बताए ।
कांग्रेस विधान अनुसार उपमहानगरपालिकाको टिकट वितरणको अधिकार प्रदेश संसदीय समितिलाई छ । तर, चुनावी गठबन्धन गरेका सत्ता साझेदार दलहरुले उपमहानगरपालिकाको मेयर उपमेयर केन्द्रबाटै बाँडफाँड गरेर स्थानीय सिफारिसका आधारमा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने सम्भावना छ ।

भर्खरै

सम्बन्धित खबर

Language »