सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीयतह निर्वाचन प्रतिको दायीत्वबोध र सम्मान

  • शम्भु उप्रेती

स्थानीय निर्बाचन नजीकीदै गर्दा चुनावी सरगर्मी बड्नु, मतदाताहरु निर्बाचन प्रति उत्साह पूर्वक अभीरुची लिनु, सहभागीता जनाउन आफ्नो उम्मेदबार प्रतिको चासो राख्नु र धारणा बनाउनु, निर्बाचन आयोग बाट जारी सूचना हरु प्रति जीज्ञासु बन्नु, दलहरुको चुनाव प्रचार प्रसारको क्रममा ब्यक्त आरोप प्रत्यारोप र मिथ्या कुराहरुको बास्तबिकता प्रति ध्यान दिएर मात्र अभीब्यक्ती दिनु सचेत नागरिक हुनुको परीचय पनि हो ।तपाईं हाम्रो पबित्र बिचार या गैर जीम्बेबार पन बाट गरीने मतदान अन्तत आफ्नो समाजको समृद्धि बाहक या समस्याको कारण जटीलता पनि बन्न सक्छ। दलमा सकृय आबद्धता हुनेहरु, गठबंधन र स्वतंत्र बिचार बोकेको मानिसहरुमा पक्कै पनि फरक सोच र ब्यबहार हुने फरक बिचार लोकतांत्रिक पद्धति कै उपज सरह स्विकार्य छन ।

हुन त मत परीणाम स्थान बिशेष, मतदाता हरु र उम्मेदबार हरुको योग्यता,क्षमताको मूल्यांकन बाट तय हुने बिषय हो । पक्कै पनि राजधानी र ठुला शहर हरुको मतदाता हरु र ग्रामिण क्षेत्र र दुरदराजका मतदाता हरुको बिचार लाई प्रभावित पार्ने दलहरुको तौर तरीकाहरु फरक हुने स्वभाबिक छ ।

याहा चर्चा गरिने राजनैतिक गठबंधन सदैव नाजायज हो भन्ने मेरो मनसाय पक्कै पनि होईन यो केवल लोकतांत्रिक अभ्यासको अंग बनोस तर कुटील चालबाजी स्वरुप अनन्तकाल सम्म कायम रहीरहनु पर्छ भन्ने गठबंधन नेताहरु को बिचार प्रति धेरैको असहमत रहेको प्रति समर्थन मात्र हो । तर गठबंधन भीत्रका जुन सुकै पार्टीका योग्य उमेदबारलाई पनि हराउनु पर्छ भन्ने मनसाय राख्नु पनि अतीबादी सोचको उपज हुनेछ ।

राजनैतिक नेतृत्व हरुमा ज्ञात र समिक्षा होस कि केही समय यता गठबंधन गरेका पार्टी हरुको केन्द्रको ह्विप बिपरीत मतदाता हरुको फरक बुझाई र ब्यबहारमा भीन्नता चित्रित हुदैछ । जुन पछील्लो निर्बाचन भन्दा हालमा परिस्थितिमा फरक अबस्था र सोचको हाबी बनेको पाईन्छ ।अधीकांश स्वतंत्र बिचार बोकेको मतदाताहरु स्थानिय निर्बाचन बाट आफ्नो गाउ सहरको बिकास र परीबर्तनको अपेक्षा गर्दै नेपालको राजनैतिक पुराना स्थापित दलहरु प्रति उनिहरुको बिगतका काम र समाजको लागी गरेको त्याग र समर्पण बिपरीत, स्वार्थ समूह को मिलोमतो र आआफ्नो पारबारीक भागबन्डा स्वार्थ सिद्ध गर्न उद्धत रहेका दृष्टान्त लाई समेत ख़्याल गर्न आबश्यक छ ।

आफ्नो परीबार जन्मजात फलानो पार्टीमा आबद्धता जनाएको हुदा म अन्यत्र नसोची त्यही पार्टी लाई भोट हाल्न पर्छ भन्ने परम्परागत मानसिकताले जरो गाडेको बर्तमान अबस्थामा गठबंधनकै उपज बनेर अचानक फेरबदलको संभाबना सृजना भएको देखियो । आम नागरिक हरु ऐलेकै यथाबत परम्परागत पार्टी हरुका पुरानै नेताहरुको बर्चस्व लाई आत्मासाथ गरी उनिहरुको पक्षपोषणमै आपसमा बाडीने र नया नेतृत्व हरुमा अबिश्वासको निरन्तरता रहे सम्म नेपालको राजनीतिले सकारात्मक फड्को मार्ने अपेक्षा गर्नु मूर्खता सिबाय केही होईन र थिएन पनि ।

ठुला दलहरुका गठबंधन बाट जारी ह्वीपहरुको तल्ला निकायहरु हरु कारबाहीको डन्डा बाबजुत पनि उल्लंघन हुनु र ब्याक्तीहरुको सामाजिक सन्जालहरुमा ब्यक्त अभीब्यक्तीहरु ले यस्तै सुखद संकेत गरेको देखियो । जुन बास्तबमै परम्परागत राजनितीमा ज़बरदस्त परीबर्तनको संकेतको रुपमा लिन सकिन्छ ।

लोकतंत्रको सफलता मतदाताहरुको मतदान प्रतिको बिकसित धारणा,ब्यबहार र सोही अनुरुपको उदार मानसिकतामा अडेको हुने रहेछ । नेतृत्व बर्ग हरु लाई ज्ञात होस कि अब राजनिती लाई पेशा र दलहरु को पेवाकै रुपमा हेरिने गलत परम्पराको अन्त्य सुरुवात को संकेत लाई आत्मासाथ गर्नुको बिकल्प छैन ।आज छिमेकी मूलुक भारतको राजधानी दिल्लीमा केजरीवाल जस्तै पार्टी गत हैसियत नभएको कर्मचारी क्षेत्र बाट उदाएका साहशी यूबा बाट गरीएको जनअपेक्षा अनुरुपको सकारात्मक परीबर्तनहरुले ठुला पुरानो राजनैतिक दलका नेता हरुको निद हराम बनेको अबस्था देखियो । पक्कै पनि पुरानो सोच बोकेको ठुला स्थापित पार्टी हरुका नेतृत्वहरु लाई मतदाता हरुको अपेक्षाकृत नया शैली बाट काम गर्न प्रेरित गरेको अर्थमा पनि बुझ्न सकीन्छ ।

हेक्का रहोस सर्बसाधरण जनताहरु समेत भ्रममुक्त छन । नेपाल का पुरानो परम्परागत पार्टी हरुको नाम मात्र फरक हो काम गर्ने शैली तौरतरीका र सिद्धांत त केवल चुनावको बखत आआफ्नो घोषणा पत्र हरुमा जती लोकतांत्रिक पद्धति र अभ्यास भनिए पनि चुनाव को समयमा छपाउदा देखिने फरक आकर्षण मात्र हो भन्दा अस्वाभाविक नहोला । जुन चुनाव जीतीसकेपछी सदाझै रद्दीको टोकरीमा फ्याकिने, बिधी बिधान र पद्धति लाई उपेक्षा गरीने, ब्याक्तीबादी सोच र अनुशासन हिनता का गलत परम्पराको पुनराबृती निश्चित जस्तै छ ।

नागरिक हरुको गोप्य मतदानमा स्वतंत्र, भयरहीत, स्वबिबेक अधीकारको परीस्थितीको सृजना गरीनु राज्यको पहीलो प्राथमिकतामा राखिने बिषय प्रति आम मतदाताहरु समेत गम्भीर बनेको ऐलेको परीस्थिती मा प्रभाव,दबाब र दादागीरी, दलहरु बिच एक आपसमा असहीसुस्ण राजनिती को अन्त्य भई बिधीबत राजनैतिक संस्कार प्रदर्शन गरीनु दलका शिसर्थ नेताहरु को प्रतिबद्धता पहीलो शर्त हुनु पर्छ ।राजनिती निस्पक्ष स्वतंत्र र भयरहीत बाताबरण मा समयमै सम्पन्न हुनु लोकतंत्र को सम्मान र जनअपेक्षा अनुरुप हुनै पर्छ। हाम्रो हैन राम्रो लाई स्थानिय भाबना र मर्मलाई सम्बोधन हुने सभ्य भब्य हर्षोल्लास पूर्वक बाताबरणमा आफ्नो अमूल्य मतदान गर्न राजनितीमा केजरीवाल पथमा यूबा सोच लाई प्रेरित गर्ने यस लेखन को उधेश्य मात्र हो ।

स्वार्थी जनताहरु बाट उपेक्षित, बिगतका सरकार का पदमा रहदा गलत कृयाकलापमा मुछिएका, स्वार्थ प्रेरित भएको निहित स्वार्थ सिद्ध गर्न पार्टी चाहार्ने उम्मेदबार हरुको रोधन र ढाट प्रबृतीका नौटंकी बन्द गराउ । नेपालका सबै राजनैतिक दलका पबित्र सामाजिक उत्तरदायित्व बहन गर्ने नेताहरु प्रति सदैब सम्मान प्रकट गर्दै लोकतांत्रिक पद्धति प्रतिबद्धता र सम्मान गरौ ।

जयनेपाल । जय मातृभूमि ।।

भर्खरै

सम्बन्धित खबर

Language »