सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वतन्त्र उम्मेदवार जयराम महतले गोकर्णेश्वर ४ को वडाध्यक्षमा बाजी मारे

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा एमाले काँग्रेसलाई पछार्दै स्वतन्त्र उम्मेदवार जयराम महतले वडा अध्यक्षमा विजय हासिल गरेका छन् ।

नेपाली काँग्रेसबाट बागी उठेका महतले स्वतन्त्र उम्मेदवारी दिएर लौरो चुनाव चिन्ह मार्फत चुनाब लडेका थिए ।

जयराम महतले पुर्व वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

पार्टीले टिकट नदिएपछी काँग्रेसको सबै पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महतले गोकर्णेश्वरको राजनीतिक ट्रेन्ड समेत बदलिदिएका छन् ।

कांग्रेसबाट टिकट लिएर लडेका उम्मेदवार तेस्रो बनेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »