सिन्धुपाल्चोक । स्थानीयतह निर्वाचन २०७९ को निर्वाचन प्रकृया सकिएर मतगणना भई परिणामहरु आउने क्रममा सिन्धुपाल्चोकमा पालिका अध्यक्षपदमा माओवादी केन्द्रको तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार गंगा बहादुर तामाङ(प्रवेश) निवाचित भएर सिन्धुपाल्चोकमा माओवादीले खाता खोलेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका तामाङ झिनो मतान्तरले पराजित भएका हुन् ।
तामाङ संगै पालिकाको उपाध्यक्षमा – सरु लामा तामाङ (नेपाली काङ्ग्रेस), वडा नं १ को अध्यक्षमा – हुपबहादुर खड्का (नेपाली काङ्ग्रेस) ,वडा नं २ को अध्यक्षमा – छबिलाल न्यौपाने (नेपाली काङ्ग्रेस) ,वडा नं ३ को अध्यक्षमा – रितेश तामाङ (नेपाली काङ्ग्रेस),वडा नं ४ को अध्यक्षमा – सुर्जे तामाङ (जागरण) माओवादी केन्द्र ,वडा नं ५ को अध्यक्षमा -यादव ठकुरी (नेपाली काङ्ग्रेस),वडा नं ७ को अध्यक्षमा -गृविन्द्र चौलागाईं (नेपाली काङ्ग्रेस) ,वडा नं ८ को अध्यक्षमा – रमेश श्रेष्ठ बिजयी भएको घोषणा भईसकेको छ ।
वडा नं ६ को भने मतगणना गर्दा केहि थान मतपत्र नपुगेको भन्दै बिरोध भएपछि पुन मत गणना गर्ने गरी स्थगित गरीएको र राजनैतिक पार्टीहरु बिच समझदारी को प्रयास भईरहेको त्यहाँ रहेका एक पाटीका स्थानिय नेता ले बताएका छन् ।









