सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालेन्द्र शाहको अग्रता कायम, स्थापति भयो तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले सुरुवाती गणनादेखि निरन्तर अग्रता कायम गरेका छन्।

१ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै अगाडि बढेकी छन्। अद्यावधिक मतपरिणामअनुसार सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्।

सिंहलाई बालेनले १७ हजार ४२४ मतले पछि पारेका छन्।

यस्तै स्थापितले २३ हजार २४ मत ल्याएका छन्। स्थापित र सिंहबीचको मतान्तर ८३१ छ।

भर्खरै

सम्बन्धित खबर

Language »