सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवाको कार्यपालिकामा एमाले–जसपा गठबन्धन विजयी

डुडुवा , बाँकेको डुडुवा गाउ कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । डुडुवाका प्रमुख निर्वाचन अधिकृत फटिकराज मुडभरीले जारी गरेको अन्तिम मतपरिणम सहितको नतिजा अनुसार डुडुवामा एमाले र जसपाका ३÷३ जना गाउँ कार्यपालिका सदस्यमा विजयी भएका छन ।

दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल जसपाका समशुद्दिन सल्मानी विजयी भएका छन । जयसवालले २४ मत र सल्मानीले २३ मत प्राप्त गरेका थिए र उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपराज लोनियाले ८ र धर्मपाल चमारले ९ मत प्राप्त गरेका थिए ।

यसैगरी गाउकार्यपालिका सदस्य महिलामा एमालेकी जयन्ती महावत २४, लीला सुनार २४, जसपाकी छवरानी यादव २४ र सकिना बेगम २४ मत प्राप्त गरी विजयी भएका छन । उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रुेसका कनिकतारा पासिनले ८ र शुष्मा यादवले ८ मत प्राप्त गरेको डुडुवाको मुख्य निर्वाचन अधिकृत मुडभरीले जनाएका छन ।

डुडुवा गाउपालिकामा नेपाली काँग्रेसले अध्यक्ष उपाध्यक्ष र एक वडा जितेको छ । जसपाले ३ वडा र एमालेले २ वडामा जित हासिल गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »