सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरे रक्तदान

नेपालगन्ज, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो ।

रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, बचत तथा ऋण संघ बाँके जिल्ला अध्यक्ष प्रकाश सुवेदी, रंक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलगायतको सहभागीता रहेको संस्थाका प्रबन्ध निर्देशक अम्बिका काफ्लेले जानकारी दिनुुभयो । उक्त रक्तदानमा दुई दर्जनले रक्तदान गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »