सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लाख कमाउन खाडी मुलुक जानु पर्दैन:पर्यटन व्यवसायी तिलक लामा (लोप्चन)

काठमाडौँ । बोल्दे विकास समाजको आयोजनामा काभ्रेको तेमाल गाउँपालिका वडा नं. ४ मा पशु स्वास्थ्य सम्बन्धी एक दिने गोष्ठी सम्पन भएको छ ।


जेठ ११ गते बुधबार बोल्दे विकास समाजको आयोजनामा पशु स्वास्थ्य सम्बन्धी विज्ञहरुबाट आधुनिक पद्धतिबाट उन्नत जातको बाख्रा पालन कसरी गर्न सकिन्छ ? आम्दानीको स्रोतलाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा गोष्ठी आयोजना गरेको थियो । बोल्दे विकास समाजबाट वडा नं. ४ मा २५ जना युवाहरुलाई बाख्रा वितरण गरी व्यवसाय तर्फ उन्मुख गर्ने प्रयास गरिरहेका छन् । उक्त कार्यक्रममा नव निर्वाचित वडाध्यक्ष पेम्बा लामाकाे पनि उपस्थिति रहेका थिए ।

पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामाको सहयोगार्थमा ति युवाहरुलाई बोल्दे विकास समाजको तर्फबाट बाख्रा वितरण गरेको हाे । बाख्रा पालन सम्बन्धी ज्ञान दिलाउनका लागि एक दिने गोष्ठीको आयोजना गरेको पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामाले सारा खबरलाई बताउनु भयो । उहाँ यसो भन्नु हुन्छ । “सामान्य तय खाडी मुलुकमा जाने मान्छेले बर्षमा कति कमाउन सकिन्छ त ? त्यसरी खाडी मुलुकमा गएर पसिना बगाउनुको सट्टा यही आधुनीक विधि अप्नाएर बाख्रा पालन गर्न सकियो भने खाडीमा गएको भन्दा चौबर आम्दानी गर्न सकिने रहेछ । त्यो पनि आफ्नै घर परिवारसँगै बसेर । त्यसकारण युवाहरुलाई व्यवसाय तर्फ आकार्षण गराउनका लागि हामीले यस खालको प्रयास गरेका छौ । अब वडाले पनि साथ दिने भएको छ । यो कृषकहरुका लागि खुशीको खबर पनि हो । ”

कार्यक्रममा वडाध्यक्ष पेम्बा लामाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा वडाले लगानी गर्ने योजनालाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।

पशु स्वास्थ्य ज्ञान केन्द्रको प्रमुख राजकुमार हुमागाईँले तेमाल पशु पालनका लागि उपयुक्त क्षेत्र रहेको हुनाले जिल्लाबाट गर्नु पर्ने हरेक सहयोगहरुमा कुनै कञ्जुसाई नगर्ने बताउनु भयो । उहाँको साथमा डा. नितेश कार्की, उद्धव सापकोटा रहेका थिए ।
डां. नितेश कार्कीले बाख्रालाई लाग्ने रोगहरुकोबारेमा जानकारी र त्यसको रोगथाम र उपचार विधिको बारेमा जानकारी दिनुभएको थियो भने उद्धव सापकोटाले पशुपालन गर्दा ध्यान दिनुपर्ने व्यवस्थापनकोबारेमा जानकारी दिनु भएको थियो ।

गोष्ठीमा सहभागी युवाहरुले व्यवस्थापन र आहार वितरणको बारेमा जानकारी नभएको तर यो कार्यक्रमबाट थाहा पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

पशु स्वास्थ्य ज्ञान केन्द्रबाट आएका विज्ञहरुले सरकारी निकायबाट पाउने सुविधाकोबारेमा र पशु विमाकोबारेमा पनि जानकारी दिएको थियो ।

बोल्दे विकास समाजको अध्यक्ष सुवर्ण लामाले एक पछि अर्को गर्दै गाउँमा नै युवाहरुलाई रोजगार दिलाउने समाजको योजना रहेको हुनाले छिट्टै नै थप १५ जना युवाहरुलाई बाख्रा वितरण गर्ने योजना रहेको बताउनु भयो ।

पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा (लोप्चन)को पहलमा नै धुलिखेल अस्पतालको शाखा वडा नं. ४ बोल्देमा स्थापना गरेको थियो भने बृहत सुनकोशी खानेपानी आयोजनाको परिकल्पनाहरुमा एक व्यक्ति तिलक लामा (लोप्चन) पनि रहेका थिए । अहिले बृहत तेमाल खानेपानी आयोजना सम्पन्नको अन्तिम चरणमा पुगेको छ । पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा (लोप्चन) लाई तेमालमा स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वको रुपमा चिनिन्छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »