सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र “टु” जेठ १५ गते बिहान ८ः०० बजे अष्टनारायण हल बालाजुमा

काठमाडौँ । तामाङ चलचित्र “टु” यही जेठ १५ गते आइतबार बालाजुको अष्टनारायण हलमा बिहाना ८ः०० बजे प्रदर्शन हुने भएको छ ।

कोभिड–१९ को कारणले नेपाली चलचित्र बजार ठप्प भएको थियो । कोरोना भाइरस कम भएता पनि हलसम्म गएर नेपाली दर्शकले चलचित्र हेर्ने साहस गरेन । विस्तारै नेपाली चलचित्रहरु नेपाली चलचित्र हलमा लाग्न थालियो । अहिले नेपाली चलचित्र “कबड्डी” ले बजार तताएको छ । नेपाली बजारमा नेपाली चलचित्र निर्माताहरुले नै खुट्टा टेक्ने साहस गर्न सकेको छैन तर तामाङ चलचित्र निर्माताहरुले तामाङ दर्शकहरुलाई हलसम्म डो¥याउने प्रयास गरिरहेका छन् । यो भन्दा अगाडी निर्माता भगवती मोक्तानको दोर्जे डान व्याक अगेनले केही आशा जगाई दिएको थियो तर कोभिड १९ को कारणले दर्शकको मन विटुलीएको थियो ।


पछिल्लो समयमा चलचित्र निर्माताहरु म्युजिक भिडियो निर्माण तिर आकार्षित भएको थियो । तामाङ चलचित्रले बजार नपाउला कि भन्ने आशा मर्दै गएको थियो । निर्माण हुँदै गरेको र निर्माण भएका चलचित्रहरुले लगानी उठाउन नसक्दा निर्माताहरुले तामाङ चलचित्र निर्माण गर्ने साहस गरेको थिएन । तामाङ चलचित्र “काख्रे” सामाजिक संजालमा मात्रै चर्चामा रहयो तर पर्दशनमा आउन सकेन । यो विषम परिस्थितिमा सिंग बहादुर तामाङ र सन्च माया तामाङले तामाङ चलचित्र “टु” लाई चलचित्र हलमा प्रदर्शन गर्ने साहास गरेको छ ।

जेठ १५ गते आइतबार बिहान आठ बजे बालाजुको अष्टनारायण हलमा तामाङ चलचित्र “टु” प्रदर्शन हुने निर्माता सिंग बहादुर तामाङले सारा खबरलाई जानकारी दिनु भयो । तामाङ चलचित्र “टु” को निर्देशक रोशन फ्युवाको अनुसार तामाङ चलचित्रको बजार खुम्चिएको छैन भन्ने सन्देश दिनका लागि प्रदर्शनमा ल्याएको बताउनु भयो ।

यो चलचित्रमा मनेन तामाङ, जोङ्बा कान्छा, सिंग बहादुर तामाङ, रुपा एस. घले, प्रकाश वाइवा, डोल्मा मनाङथेन, विगेन्द्र वाइवा, युजिला मोक्तान, सोनाम तामाङ, आदि कलाकारहरुको अभिनय गरेको छ । विशेष गरेर चलचित्रले परिश्रमको महत्वकोबारेमा उठान गर्न खोजेको अनुमान गर्न सकिन्छ । वास्तविक कथा भोलि चलचित्र हेरेपछि नै थाहा हुने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »