सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुमारी बाँठा मगर (मनु)को ‘जोवन बैना देउ’ गीत बक्स अफिस म्युजिक अवार्डमा छानियो

काठमाडौं । गीत संगीतको क्षेत्रमा सबार्धिक अवार्ड गराउन सफल बक्स अफिस ईन्टरनेशनल गु्रपले यो बर्ष पनि बक्स अफिस म्युजिक अवार्ड दिने कार्यक्रम तय गरेको छ ।
आज नेपाल चलचित्र बिकास बोर्ड को हलमा सहभागि गीत तथा म्युजिक भिडियो मध्य बिभिन्न बिधामा उत्कृष्ट ठहरिएकाहरुलाई मनोनयन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
जुरी तर्फ १८ बिधामा गीत तथा म्युजिक भिडियोलाई छानिएको मा कुमारी बाँठा मगर (मनु)को जोवन बैना देउ गीत पनि बक्स अफिस म्युजिक अवार्डमा छानिन सफल भएको छ ।
हरेक बिधामा छानिएका उत्कृष्ट ५ मध्य आगामी कार्यक्रममा १ बिधामा १जनालाई सो अवार्ड प्रदान गरिने आयोजक पक्षले जानकारी गराएको छ ।
बक्स अफिस ईन्टरनेशनल गु्रप का अध्यक्ष राम बहादुर सुबेदी(आरके)को जन्मदिनको अबसरपारेर यो कार्यक्रम आयोजना गरीएको थियो ।
नेपाली गीत संगीतका उत्कृष्ट ब्यक्तित्व शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कलाकारीता क्षेत्रका धेरै ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अर्को सृंखला यहि असार ३ गते हुनेछ भने फाईनल तथा तथा अवार्ड बितवरण भने थाईल्याण्ड , मलेसिया र सिंगापुरमा गरीने कार्यतालिका आयोजक पक्षले सार्वजानिक गरेको छ ।
बिभिन्न फरक शैलिका अवार्डहरु आयोजना गरेर यो कम्पनीले गिनिज बुकमा समेत आफ्नो नाम लेखाउन सफल भएको छ ।
उडिरहेको प्लेन देखि सगरमाथाको आधार सिविर सम्म र पानि मुनि वा पानि जहाजमा समेत कार्यक्रम गर्न सफल यो कम्पनि अवार्ड कम्पनि मध्य उत्कृष्ट मानिने गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »