सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“म्राङ्सेम खाबा” गीतको म्युजिक भिडियो मार्फत मोडलिङको दुनियाँमा गौतम गोले

“म्राङ्सेम खाबा” गीतको म्युजिक भिडियो मार्फत तामाङ गीत संगीतको मोडलिङको दुनियाँमा नव मोडल गौतम गोलेले आफ्नो कदम अगाडि बढाएका छन् । हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका मोडल गोले लाई हाना लामाले उनलाई अभिनयमा साथ दिएकी छिन् । गीतको भिडियोमा मोडल गोले स्वयंकै निर्देशन रहेको छ भने भिडियो सम्पादन र रङ्ग सम्पादन पनि उनैले गरेका हुने । दक्षिण कोरियाको रमणीय स्थानहरूमा छायांकन गरिएको दृश्यले यस म्युजिक भिडियोलाई अझ थप सुन्दर बनाउने काम गरेको छ ।

यस गीतमा रुपेन मोक्तानको शब्द रहेको छ भने संगीत छेडुप मोक्तानको रहेको छ । गीतलाई फणीन्द्र राईले संगीत संयोजन गरेका हुन् । गायक सन्तोष लामा र गायिका पुजा लामाको युगल आवाज रहेको यस गीतले प्रेमी प्रेमिका बिचको प्रेमिल सम्बन्धलाई उजागर गर्न खोजेको छ । यस गीतको म्युजिक भिडियो “गौतम गोले अफिसियल” युट्युब मार्फत सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् ;

भर्खरै

सम्बन्धित खबर

Language »