सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ चलचित्र संघको १४ औं वार्षिकोत्सब सम्पन्न

काठमाडौं । पूर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल तामाङ चलचित्र संघको १४ अौं बार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसरमा सामाजिक संजाल नामाक डकुमेन्ट्री प्रदर्शन गरेकाे थियाे ।


प्रमुख अतिथि शेर बाहदुर तामाङले तामाङहरुले चलचित्र निर्माण गर्दा तामाङहरुलाई नै खलनायक बनाएर चलचित्र निर्माण गर्यो जस्को कारणले हामी कहिले अगाडि भएन । कार्यक्रममा उहाँले तामाङहरुको घ्याम्पो किन सरकारले फुटाउछ । तामाङले बनाएको कोदोको रक्सीलाई सरकारले किन लेभलिङ गर्न खोज्दैन ? हामी तामाङहरुलाई दमन गर्नका लागि सरकारले नीति बनायो । अनि हामी खलनायक भयौं ।

उहाँले भन्नुभयो । “तपाईंहरु जहाँ हुनुहुन्छ त्यहीँबाट नेतृत्व गर्न अगाडि बढ्नुस् । हामी सफल हुन्छौं ।”

कलाकार सुनिल लामाले विगतको दिनमा नेपाल तामाङ चलचित्र संघको विगतको दिनको सस्मरण गर्दै नायक अमिर दोङको बखान गर्न भ्याएको थियो ।

नेपाल तामाङ चलचित्र संघको पूर्व अध्यक्ष जेनिस लामा दोङले तामाङ समुदायलाई एकीकृत गराउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको दावी गर्नु भएको छ । उहाँले उहाँकै कार्यक्रलमा नेपाल चलचित्र विकास वोर्डमा २४० वटा चलचित्रलाई दर्ता गर्न सफल भएको बताउनुभयो । प्रविधिको कारणले समाज नै अल्छी भएको दावी गर्नु भयो उहाँले ।

विशेष अतिथि तथा वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङले जिन्दगी अनुभवबाट खारिएको कोइला जस्तै हो भन्ने उदाहरण दिनुभयो । उहाँले आफुलाई क्रिश्चियन भएको आरोप खेप्नुपरेको पीडा पोखाउनु भयो । कलाकारले हजार समस्या र आरोपलाई खेप्नुपरेको बताउनुभयो  । मन्तव्य राख्ने क्रममा उहाँले रुदै भन्नू भयो । “अब नेपाल तामाङ चलचित्र संघ र नेपाल तामाङ कलाकार संघ एउटै चौतारीमा सँगै उभिएको देख्ने ठूलो इच्छा छ ।”

नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङले तथ्यगत कुराहरुलाई अाधार मानेर चलचित्र निर्माण गर्न सकेन भने सफल हुन नसक्ने दाबी गर्नुभयो । उहाँले नेपाल तामाङ चलचित्र संघ र नेपाल तामाङ चलचित्र संघ बीच कार्यगत एकता भएर अगाडि सक्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलले प्रमुख अतिथि शेरबहादुर तामाङ ढिला आएको हुनाले समय अनावश्यकरुपमा खेर गएकोमा भन्दै आक्रोश पोखेका थिए भने नेपाल तामाङ चलचित्र संघले एक जना लामा प्रति भएको अपकमनको बारेमा एउटा विज्ञप्ति ननिकालेकोमा आपत्ति जनाएको थियो ।

नेपाल तामाङ  घेदुङको उप महासचिव जगत दोङले सबै एक भएर अगाडि बढनका लागि अनुरोध गर्दै समन्वयन गर्नेमा कहिले पछि नहट्ने बताउनु भयो ।

अन्तमा सामाजिक सन्जालमा चलेको ट्रेन्टलाई काट्न सक्ने तामाङ चलचित्र निर्माण गर्न सक्ने वातावरण बनाउन कार्यक्रमको सभापति कुमार मोक्तानले सबैमा अनुरोध गरेको छ ।


उहाँले कलाकारको जीवन अवस्था दिनदिनै खस्किदै गएको पीडा पोख्दै राज्यबाट कलाकारको जीवन अवस्था सुधार गर्न सक्ने नीति कार्यक्रम निर्माण गर्न अनुरोध गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »