सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील व्यवसायी र जनप्रतीनिधि बीच अन्तरक्रिया

काठमाडौं । ग्रील तथा स्टील ब्यबसायीहरुको उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको संस्था ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं अन्तरगत बल्खु ,कलंकी , किर्तिपुर, दक्षिणकाली, थानकोट इकाई समितिले चन्द्रागिरी नगरपालिकाबाट स्थानियतह निार्वचन २०७९मा विजयी हुनुभएका जनप्रतिनिधिहरु संग अन्तरकृया तथा शुभकामना प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।


गर्जुधारा सानो मन्दिर मा रहेको डि.बि. पार्टी प्यालेसमा संगठनको काठमाडौं जिल्ला को पश्चिम क्षेत्रअन्तरगत पर्ने सो इकाईले त्यस नगरपालिकाबाट विजयी हुनुहुने जनप्रतिनिधि तथा ब्यबसायीहरु बिच सुमधुर सम्बन्ध कायम राख्न तथा हरेक कार्यमा सहजता बनाउन यो कार्यक्रमको आयोजना गरीएको बताएको छ ।


आम ब्यबसायी र जनप्रतिनिधि बिचमा परिचय गराउनु तथा ब्यबसायीहरुको समस्यालाई जनप्रतिनिधिहरुको बिचमा राखेर समाधानको कानुनी र ब्यबहारीक पक्षको खोजिगर्नु एकदमै आवश्यक भएको ले यो कार्यक्रम आयोजना गरीएको ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं अन्तरगत बल्खु ,कलंकी , किर्तिपुर, दक्षिणकाली, थानकोट इकाई समिति का अध्यक्ष दिनेश कुमार दाहाल ( दारी बा ) ले बताउनु भयो ।


कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, वडा नं ७ का वडा अध्यक्ष शम्भु कुमार के.सी.र वडा न १५ का वडा अध्यक्ष घनश्याम लुईँटेल को उपस्थिति रहेको थियो भने अन्य जनप्रतिनिधिहरु बिशेष कारणले उपस्थित हुन नसकेको मेयर घनश्याम गिरीले बताउनु भयो ।


कार्यक्रममा ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष तथा भावी अध्यक्षको दावेदार ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता , चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको बिशेष आतिथ्यता, ग्रील तथा स्टील ब्यबसायी महासंघका महासचिव बिवेकदास श्रेष्ठ ,कोषध्यक्ष कमलमान श्रेष्ठ , ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्लाका महासचिव राजुलाल श्रेष्ठ ( जाल्पा) ,को बिशेष आतिथ्यता र काठमाडौं जिल्ला सदस्य यमन श्रेष्ठ, त्यस नगरपालिकाको वडा अध्यक्षहरु , ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ ,पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी , बिभिन्न ईकाइका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


कार्यक्रमा बोल्ने ग्रील संघका बक्ताहरुले ब्यबसाय भित्र रहेका समस्याहरुको उठान गर्दै त्यसको कानुनि उपचार को बाटो समेत देखाई दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।


कार्यक्रमा ब्यबसायीको तर्फबाट उठेका बिषयमा प्रस्ट पार्दै वडा न १५ का वडा अध्यक्ष घनश्याम लुईँटेल ले कर छुटको बहानामा राज्यलाई झुक्याएर ब्यापार गर्ने मनसायले मात्र ब्यबसाय दर्ता तथा कानुनि अधिनमा रहेका ब्यबसायीहरुको कारण सोझा गरिखाने साना ब्यबसायीहरु लाई असहज भएको प्रस्ट पार्नु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमु्ख गिरी ले ब्यबसायीहरुले उठाएका कतिपय बिषयहरु आफ्नो अधिकार क्षेत्र भन्दा बाहिरको कुरा पर्ने भएको स्थानिय सरकारको तर्फबाट गर्न सकिने कार्यमा कुनैपनि कसुर नराख्ने र माथिल्लोतहमा समेत नितिगत बहस चलाउन पहल गर्ने बताउनु भयो ।


आफ्नो कार्यकाल भित्रमा चन्द्रागिरी नगरपालिका मा एउटा औद्योगिक ग्राम बनाउन पहल गर्ने पनि नगरप्रमु्ख गिरी ले जानकारी गराउनु भयो ।


आम ब्यबसायी र मजदुरहरुलाई ब्यबसायीक शुरक्षा प्रदान गर्न सके लगानिमा कुनै असहजता नहुने उहाँले बताउनृ भयो ।
प्रमुख अतिथिरुपमा बोल्दै ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ ले झोले र अब्यबस्थित रुपमा सन्चालन गर्ने ग्रील ब्यबसायहरुलाई हटाएर मर्यादित र कानुनी दायरामा अडीनसक्ने लाई मात्र ब्यबसाय गर्न दिने
हो भने स्थानिय सरकारको राजश्व पनि बृद्धीभई सबैलाई फाईदापुग्ने बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »