सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय संग सहकार्य गर्दै सफाइ अभियान सम्पन्न

काठमाडौं ।“सबै मिलि एउटा नयाँ यात्राको शुरुवात गरौं , अब फोहर टिप्ने मात्र होईन जथाभावि फोहर नफाल्ने प्रण गरौं ” भन्ने मुल नाराका साथ स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज काठमाडौं महानगरपमलिका वडा नं १५ डल्लु पुल क्षेत्रमा त्यहाँका स्थानीयनागरिकहरु संग सहकार्य गर्दै सरसफाइ तथा जन चेतना अभियान सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रगतिशिल नागरिक मञ्च नेपाल बालाजु , उपत्यका सरोकार मञ्च , ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र ,शान्तिनगर टोलसुधार समिति बालाजु , काठमाडौं महानगर प्रहरी , त्यस क्षेत्रमा फोहर ब्यबस्थापन गर्ने निजि कम्पनि ,स्थानिय हरु लगायत बिभिन्न संघ संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अभियानले डल्लु पुल क्षेत्रमा थुप्रिएको फोहरलाई काठमाडौं महानगरपालिका को गाडीमा राखेर ब्यबस्थापनको लागि पठायो भने त्यस क्षेत्रका नागरिकमा सचेतना फैलाउने कार्य समेत गरेको थियो ।
काठमाडौं को फोहरको कारण सिसडोल र त्यस आसपास क्षेत्रका नागरिकले पाएको पिडा काठमाडौंको जनताले नबुझ्दा सम्म फोहर ब्यबस्थापनमा सहजता नआउने भन्दै एकपल्ट प्रभावित क्षेत्रमा पुगेर अनुभव लिन समेत काठमाडौंका नागरिकहरुलाइ अभियन्ताहरुले आग्रह गरेका छन् ।
आम नागरिकको लापर्वाहि , महानगरपलिकाको गैह्र जिम्मेवारी काम , निजि फोहर ब्यबस्थापन कम्पनिहरुको नाफामुखि ब्यबसायीकरण र राजनैतिककरण, स्थानिय संघ संस्था, क्लब तथा टोल सुधार समितिहरुको निरिहताको उपज यो सडकमा देखिएको फोहर हो भन्दै दिमागमा चेतना र काममा सकृयता नहुँदा सम्म केहि परिवर्तनको आशा गर्न नसकिने अभियन्ताहरुको भनाई छ ।
फोहरको ब्यबस्थापनमा सहजता ल्याउने हो भने सकेसम्म फोहर हुने बस्तुको प्रयोगमा कमि ल्याउने , फोहरको श्रोतमै बर्गिकरण गरेर उपयोगिताको बिधि अपनाउने , कुहिने फोहरलाई मल बनाउने र नकुहिने फोहरलाई सकेसम्म पुनप्रयोग गर्ने स्थान सम्म पुर्याउन सक्नु पर्दछ । जसले फोहर उत्पादन गर्छ उसलेनै यसको ब्यबस्थापन गर्ने नितिलाई कार्यन्वयन गराउन सके फोहर न्युनिकरण हुने धारणा अभियन्ताहरुको छ ।
वातावरण संरक्षण ऐन, फोहरमैला ब्यबस्थापन ऐन – २०६८ , नियमावलि २०७१, स्थानिय सरकार संचालन ऐन –२०७४,आफ्नो पालिकाले बनाएको कार्यबिधिहरु म समेत फोहरमैला ब्यबस्थापनको बारेमा प्रस्ट लेखिएको छ तर कार्यन्वयनमा ब्यबहारीक कठिनाई देखाउँदै सम्बन्धित निकाय पछि हट्नुले पनि यो भित्रको चलखेललाई देखाएको अभियानका संयोजक मुकुन्द सिलवालको दावि छ ।

भर्खरै

सम्बन्धित खबर

Language »