सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका हजयात्रीको विदाई


नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायका ब्यक्तिहरुलाई बिदाई
गरिएको छ । नेपालगन्जमा अपरान्ह उनीहरुलाई एक समारोहका बीच बिदाई गरिएको हो ।


हजयात्रीलाई बिदाई गर्दा नेपालगन्जस्थित विपी चोक क्षेत्रमा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट तथा नेपालगन्ज मुस्लिम समाज केंद्रीय कार्यालय नेपालगन्ज बाँकेका सचिव तथा प्रवक्ता समाजसेवी मेराज हिमालय, नेपालगज मुसलिम समाज केन्द्रीय समिति नेपालगन्ज , बाँकेका बरिस्ठ सदस्य,तथा बाँकेका मोहम्मद रहिस हलवाई समाजसेवी लगायत विभिन्न राजनीतिक दलका नेता अन्य जनप्रतिनिधि, मुस्लिम समुदायका अगुवा लगायतको उपस्थिती रहेको थियो ।


नेपाली मुस्लिम समुदाय हरेक वर्ष मक्का मदिनामा हज गर्न जान्छन् । मुस्लिम समुदायलाई हजका लागि नेपाल सरकार गृहमन्त्रालयले सहजीकरण गर्दै आएको छ । मक्का मदिना मुस्लिम समुदायको पवित्र तिर्थ स्थलका रुपमा चिनिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »