सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दलहरुले आफ्नो अस्तित्व बचाउन पनि सच्चिनुको बिकल्प छैन


शम्भु उप्रेती

सायद एशियाली मुलुक हरुमा “नेपाल” राजनैतिक रुपमा सचेत नागरिकहरुको बाहुल्यता भएको देशको रुपमा चिनाउन सफल छ । बिगतमा यती धेरै राजनैतिक पद्धतिमा परीबर्तन भईसकेको ऐलेको अबस्था हेर्दा खास गरी कुनै बेला साधरण मानिसहरुको दिमागमा समेत झट्ट नसोचनिय बिषय थियो – नेपाल बाट शताब्दीयौ देखि परम्परागत रुपमा रहेको राजतन्त्रको समाप्ती ।
त्यो पनि बिना रक्तपात ! अझै भनौ हिन्दू हरुको बाहुल्यता भएको देशका आम मानिसहरुको मानसपटलमा ईश्वरिय रुपमा पूजिने राजसंस्था र राजसंस्थाकै संरक्षण मा शक्तिशाली – शाही सेना लगायत ठुलो संख्यामा रहेका सुरक्षा निकायहरु । उनैको सम्मान र संरक्षण प्राप्त थिए राजपरिवार हरु तथापी बिना रक्तपात २५० बर्षको बिरासत जमाएको राजतन्त्र गर्लाम गुर्लुम ढल्यो । सायद मुख्य रूपमा कारक तत्व पारीबारीक बेमेल, खटपट, मनमुटाव र गलत बिचार बाट राजनैतिक प्रभावित हुनु थियो । केवल बिश्वास पात्र मानिस हरुको सागुरो घेरामा रमाउने जाहानिया शासक राणा हुदै शाहबंशीय राजपरिवार समेतको समान बिशेषता । कतै दलहरु गल्ति बाट पाठ लिई सच्चिनुको अलावा सोही कारककै शिकार त बन्दै छैनन्, बुद्धिजीबी बर्गहरु चासो पूर्वक समिक्षा गर्दैछन ।
हालको जनताहरुको त्याग र बलिदान बाट ल्याईएको जनताहरुको सर्बोपरी हीतमा भनिएको उदयीमान लोकतांत्रिक पद्धतिमा आधारित दलीय ब्यबस्थाका कानुन सम्बत चल्नु पर्ने पार्टी हरुमा समेत सोही बिगतका शासकहरुकै समस्या बाट जकड़ीसकेको अबस्थाले मुलुकको समृद्धि, अमैनचयनको कुरा त परको मुलुकको अस्तित्व समेत डगमगाएको अशुभ संकेत हरु अब त बास्तबिकतामा परीणत भईसकेको प्रतित हुदैछ ।
बिधी, पद्धति र नैतिकताको मिस्रण बाट लोकतांत्रिक पद्धति हुर्कने झागीने र त्यसकै छत्रछाहारीमा आम सर्बसाधरण जनताहरु निश्चिन्त, ढुक्क हुनु पर्ने यस प्रकारको जनता कै प्रतिनिधि ले जनता कै भलाईको लागी गरीने लोकप्रिय शासन ब्यबस्था लगभग दलहरु को उन्माद, गैर कानुनी प्रकृया, अस्वस्थ प्रतिस्पर्धा र गुट उपगुट बनाउने होडमा आपसी टकराव र शक्ति संघर्ष कै कारण धरापमा परेको अनुभुति अब साकार यथार्ततामा परीबर्तन भईसकेको अबस्था सर्बत्र महशुस भईसकेको रुप देखा पर्नुको बिडम्बना देहोरिदै छ ।
अचम्मै लाग्ने कुरा स्वयम दल र पुरैजीन्दगी राजनैतिमा समर्पित गरेको पाका बरीस्ट नेता हरु समेत अपबीत्र गठबंधन को नाममा पालै पालो पिडीत हुने क्रमको सुरुवात भईसकेको प्रतित हुदैछ । अब को चुनावमाको को कस संग साँठगाँठ हुने हो ? पार्टीगत अनुशासन र मर्यादा बेगर धम्की दलबदल, राजनैतिक संस्कार आदर्श र सिद्धांत बिपरीतको गुट उपगुटको सृखला नया समिकरण को सम्भावना निश्चित छ । जनताको अभीमतको यो भन्दा ठुलो अपमान के हुन सक्छ ? यसरी बनाउने सरकारले आम जनता र मुलुकको हीत भन्दा पनि ती ब्याक्ती जस्ले सरकारमा पुर्याउन सबै प्रकार का साम,दाम,दन्ड भेद भनिएको सहयोग गरे उनिहरुकै भलो हुने गरी भबिस्यमा बन्ने सरकार बाट निती नियम ल्याई मुलुकको थप दोहन शोषण गरीने र आम नागरिक हरुमा दीबालिपन थप्ने निश्चित छ ।
राजनितीमा एकाधिकार जमाएका दलहरु गत स्थानिय निर्बाचनमा देखा परेको स्वतंत्र उम्मीदवार बालेन, हर्क हरुको उत्साहा जनक उदयको परीणाम बाट समेत सिक्नुको बिकल्प देखीन्न थियो । तर त्यस पश्चात पनि सदन र सडकमा राजनैतिक पुराना दलहरुको र सरकारको जीम्ब्बार निकायमा रहेका ब्याक्ती को रबैया हेर्दा लोकतन्रको आबरणमा कसरी मुलुक लाई दन्द्धमा धकेलने काममा मतियार बन्दै रहेछन प्रस्टै हुदैछ ।
झनै आगामी प्रतिनिधि सभा चुनावको तयारी स्वरुप रबी लामिछाने, राजेश हमाल जस्तै जनमानसमा राज जमाएका हस्तीहरु स्वतन्त्र उम्मेदबारी दिने लहर बाट नेपालको राजनितीले साच्चै कोल्टे फेरीसकेको प्रतित हुदैछ । साथै बिगतका दिनहरुमा आआफ्नै ब्यक्तिबादी चरीत्र बोकेको अबसरबादी नेता नामक कलंकित छबीका नेताहरुको कारण राजनैतिक भबिश्यनै समाप्ती उन्मूख बरीस्ट नेताहरुको प्रयास स्वरुप अत्तालिई राजनैतिक सिद्धांत मिल्ने बामपन्थी बिचार बोकेको दलहरु बिच पून तिक्तता भूलाई एक बन्न प्रेरित भएको संकेत हरु देखिनु स्वागतयोग्य र समयको माग पनि हो अन्यथा लोकतन्रको नाममा ऐतिहासिक गरीमा बोकेको गर्भीलो इतिहास बोकेको पार्टी हुनुको गरीमा बिर्सेर पनि अमुक बहादुर हरुकै अलोकपृय निरन्तरता ले मुलुकको अस्थिरता र आर्थिक रुपमा टाट पल्टीने संकेतको समाधान दहरो सिद्धांत र आदर्श मिल्ने दलहरु को पून एकता लगायत स्वतंत्र सक्षम हरुको स्वस्थ प्रतिस्पर्धा को सरकार बन्नु को बिकल्प छैन ।
कम्युनिस्ट पार्टी हरु मिलुन यहीमा मुलुकको समृद्धि र भलो छ अन्यथा शेरबहादुर हरुको रजाई र मनोमालिन्यले मुलुकको अस्थिरता र श्रिलंका बन्ने निश्चित छ ।
दुबैमा शुभकामना ।

जयनेपाल जय मातृभूमि !

भर्खरै

सम्बन्धित खबर

Language »