सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यस्तै रहेछ मानव जिन्दगी

लाल बहादुर के.सी.
रुकुम पश्चिम

बच्चा तन्नेरी बुढो बृद्ध जन्म मरणको यो जिन्दगी !
काम काम दुःख कष्टमा पर्ने यो जिन्दगी ! !
सुःख सयलमा बारम्वार जिउने यो जिन्दगी !
आगो पानी घाम छायाँ सत्रु मित्र क्रोध खेप्ने यो जिन्दगी ! !

आवेश संवेग माया मोह हाँसो आँसु खेप्ने यो जिन्दगी !
बादल मेघ गर्जने चट्याङको आवाज खेप्ने यो जिन्दगी ! !
बाघ भालु सिंह चितुवाको सामना गर्ने यो जिन्दगी !
इच्छा चाहना लोभ लाभ लाज कपट जेल्ने योजिन्दगी ! !

देखाई भोगाई सिकाई हँसाई रुवाई थेग्ने यो जिन्दगी ! !
पढाई लेखाई ज्ञान गुण बुद्धि विवेक आर्जन गर्ने यो जिन्दगी !
प्रकृतिसँग लडी पडी गरी कहिल्यै पनि नथाक्ने यो जिन्दगी ! !
जगतमा फैलिएका महामारीको सामना गरी लड्ने यो जिन्दगी !

संसारमा होडबाजीसँग लड्ने त्यसको सामना गर्ने यो जिन्दगी !
जगतमा ब्याप्त कु–कार्यको बिरोध गरी संघर्ष गर्ने यो जिन्दगी ! !
कालान्तरमा संसारै छोडी देहान्त भै विश्ववाटै विदा हुने यो जिन्दगी !
बच्चा तन्नेरी बुढो बृद्ध जन्म मरणको यो जिन्दगी ! !

                                             धन्यवाद !!! 

भर्खरै

सम्बन्धित खबर

Language »