सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछाने लाई शुभकामना सहितको खुल्ला पत्र

मन्दिरा शर्मा पौडेल
डियर रवि (राष्ट्रिय स्वतन्त्र पार्टी),
हार्दिक शुभकामना छ राजनीतिको फोहोर सफा गर्न आफै हिलो मा पस्नु पर्छ, व्यवस्था त परिवर्तन भयो तर कहिलै जनताको अवस्था परिवर्तन भएन भन्दै प्रश्न गर्ने ठाउँ बाट उत्तर दिने ठाउँको यात्रा सुरु गरेको मा । रवि-रवि नै रहेर जनताको भरोसा कायम गर्नु होला पछि रवि बाट रविन्द्र मिश्र हुन्छन् कि भन्ने शंका केहीले गरेको अवस्थामा।वृद्ध नेताहरुको वरिपरि घुम्नेपार्टीका कार्यकर्ताहरुलाई नी एउटा प्रश्न, तपाँईहरुका ‘बा’ हरु र ‘दाई’ हरुले व्यवस्था परिवर्तन गरे पछि जनताको अवस्था पनि परिवर्तन गर्न तिर अग्रसर भइदिएको भए, नेपाल मै रोजगारी वा व्यवसाय गर्ने वातावरण बनाइदिएको भए, गुणात्मक शिक्षा प्रणाली को विकास गरेको भए रबीहरु अनी बालेनहरु आफ्नै मुख्य पेशामै रमाउँदै बस्थे नी हैन र ? सभागृह मा जम्मा भएको भिड कुनै पार्टीले जम्मा गर्न परेको भए ठेकेदार मार्फत पैसा तिरेर बसै रिजर्भ गरी काठमाण्डौ उतार्नु परथ्र्यो, तर स्वफुर्त रूपमा मान्छे किन आए? लज्जा को विषय हो नी।

आम मान्छे हरुलाई नी केही प्रश्न, अमेरिका जस्तो देशमा मा गुणस्तरिय जीवन बिताइरहेको मान्छे जहाँ जाने मात्र पनि धेरै को चाहना हुन्छ, त्यो सब छोडेर आफ्नै देश मा देश को लागि केही गर्नु पर्छ भनेर आएको मान्छे, आफूले जानेको पेशा मार्फत। करिब साढे पाँच वर्ष सीधा कुरा मार्फत आवाज विहिन हरुको आवाज बनी रहँदा जनताले हरु भन्ने गरेकै हुन,टिभिमा मात्रै कराउने फिल्डमा आउ राजनीति गर भनेर।अब नया पार्टी खोल्यो नाम यो राख्यो त्यो राख्यो ,पुरानै दलमा जानू पर्ने अब रबिन्द्र मिश्र बन्ने भो भन्ने पनि यिनै जनता । जुन सुकै पार्टीमा गएको भए नी त्यही पार्टीका का कार्यकर्ताका ले राम्रो मान्थे अरूले गर्ने गर्ने भनेको त्यही विरोध नै हो।सबैको चित्त सधैं भरी केही गरे नी बुझाउन सकिदैन यो मानवीय प्रवृत्ति नै हो ।

चर्चित अनि आम जनता को आसलाग्दो ब्यक्ति बाट आफ्नो स्वार्थ र आफुले भने जस्तो भएन भने अनेक आरोप र प्रत्यारोप लगायर समाज बाटै नङग्याउने दुषित सोचका कारण नै यो समाज अगाडि बढ्न सकेन। देश र जनताका लागि पटक पट्क असफल भैसकेका तीर्थ यात्रा मा जानु पर्ने उमेर का वृद्ध नेता ,केपि,शेर बहादुर,प्रचण्ड लाई स्वीकार गर्दै मेरो पालो कहिले आउँछ भन्दा भन्दै आफै बुडो हुन लागि सके दल भित्रका युवा नेता।अब सबै पार्टीका युवा हरुले केही गर्छु भन्ने नया भिजन नया खाका समाज बद्ल्न सक्ने जोस जागर भएका जुनसुकै पृष्ठभूमि का युबा नेतृत्व लाई साथ सहयोग नगर्ने हो भने सवाल खडा हुन सक्छ।सम्वृद्धि हाम्रै पालामा भन्ने नारा र पोष्टर पोल पोल मा देखिए फिल्मी शैलीमा एउटा बुढा बा लाई हिरो बनाउन खोजियो, देवत्वकरण गरियो तर नतिजा नेपाली को जीवनस्तर झन् तल गिर्यो, युवाको लाइन श्रम कार्यालय र मेनपावर तिर धेरै देखियो।अब साच्चै नै हाम्रै पालामा सम्वृद्धि चाहने हो भने राम्रा बिचारका राम्रा मान्छेहरु एकजुट हुनै पर्छ , एकले अर्काको अस्तित्व स्वीकार गर्नै पर्छ।यता तिर यहाँको ध्यान जानु महत्वपूर्ण हुन जान्छ, सबै बुढा हरुले ओगटेका पार्टी बाट योग्य युवा नेता लाई समेत आकर्षित गर्न प्रेरित गर्नु होला आफ्नो योजना मा।
रवि जी, तपाईंको जिन्दगी मा लागेको ठूलो मध्यको आरोप जसका कारण प्रहरी हिरासत देखि अदालती प्रक्रिया मा सामेल हुनु पर्यो, आफनै सहकर्मी सालिकराम पुडासैनी को आत्महत्या प्रोत्साहन को मुद्धा, त्यसको नी पर्दाफास गर्नु होला, जुन पछि गर्छु नी भन्नु भएको थियो किन की यो एउटा यस्तो देश हो नेताहरुले बोल्न का लागि मात्र बोल्छन,चुनाव जित्न का लागि मात्र बोल्छन। जस्तो मदन भण्डारी को दुर्घटना हैन योजना बद्ध हत्या हो हामी सरकार मा गए पछि सत्य तथ्य बाहिर ल्याउँछौैँ र दोषी लाई कारबाही गर्छौं भन्ने हरु पार्टी र सत्ता को शीर्ष तह मा त पुगे तर कहिले कुरा सम्म नी निकालेनन्।
अन्त्यमा मा रवि जी,
मिसन पत्रकारिता गर्ने हरु र दलका अन्ध भक्त ले सकेको खेदो खन्न सक्छन् ,केही ले सुरु नै गरिसके।विगत का व्यक्तिगत कुरा हरु निकालेर हुन सक्छ वा नक्कली सिन र पात्र नै पनि खडा गर्न सक्छन्, त्यता तिर नी चनाखो हुनु होला। राम्रो काम कला लागि मेरो साथ समर्थन सदा रहने छ र गलत कुरा मा सधैं खबरदारी।
आगामी निर्वाचनमा मा घण्टीको आवाज ले धेरै को मेन स्विच अफ होस्, शुभकामना।
मन्दिरा शर्मा,

भर्खरै

सम्बन्धित खबर

Language »