सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाको एघारौं गाउँ सभा २०७९/८० शुरु

काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालकाको अध्यक्ष चन्द्र बहादुर तामाङको अध्यक्षता  एघारौं गाउँ सभा २०७९/०८० शुरु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष दल बहादुर थोकरले स्वागत मनतव्य राख्नु भएको थियो भने वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङ लामाले वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै शुभकामना मनतव्य दिनुभएको थियोे ।

नव निर्वाचित अध्यक्ष चन्द्र बहादुर तामाङले “सुशासन सहितको विकास आजको आवश्यकता, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मुल नारालाई प्रमुख उदेश्यको रुपमा नीति तथा कार्यक्रममा प्रस्तुत गरेको थियो ।
आर्थिक विकास, पूर्वाधार विकास, स्वास्थ, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगानी रहने नीतिलाई अगाडि सारेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »