सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदुर नगरपाालिकामा माइन्युट च्यातियाे, ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार ललितपुर महानगरपालिकाको बजेट

नुवाकोट । विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन सुरु नै नभई स्थगित भएको छ। कार्यपालिकमा छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाउँदै विरोध गरिएको हो।

विदुर नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरुको बैठक राखेर नगरका योजना तथा कार्यक्रम सार्वजनिक गरेर त्यसलाई पारित गरेरमात्र कार्यक्रम ल्याइनु पर्नेमा नेतृत्वले एकतर्फिरुपमा बजेट लयाउन लागेपछि बहुमत सदस्यहरुले विरोध गरेका छन्। नगर सभा यहि असार १४ गते मंगलबारका लागि बोलाइएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट सार्वजनिक गर्न आयोजित नगरसभाको बैठकमा पेश नगरिकनै नगर परिषदमा पेश गर्ने निर्णय गरेको जनाउँदै बहुमत जनप्रतिनिधिहरुले विरोध जनाएपछि नगर सभा स्थगित भएको हो। नगरसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले नियमसंगत ढंगले नगरसभा संचालन नगरेकोले आफूहरुले असहमति जनाएको कार्यापालिका सदस्य तथा विदुर(१ का वडाध्यक्ष लेनिन रन्जितले बताए।

बिवादकाबीच गणपुरक संख्या नपुगेको जनाउँदै मेयर राजन श्रेष्ठले बोलाइएको नगरसभा चार दिनका लागि स्थगित भएको घोषणा गरेका थिए। दलीय सहमति र नगर सन्चालन कार्यविधि अनुसार नवनिर्वाचित नेतृत्व अगाडि बढ्न नसकेको कारण नगरको नीति र पद्धतीलाई आत्मसात गर्न आफूहरुले माग गरेको वडाध्यक्ष रन्जितले बताए।

अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार विदुर नगरपालिकाले शुक्रबार आफ्नो सभामा बजेट पेस गर्ने तयारी गरेको थियो। विदुरको इतिहासमा पहिलो पटक नगर सभा स्थगित भएको हो।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र०८० लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

ललितपुर महानगरको शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए । महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगर प्रमुख महर्जनको भनाइ थियो ।

उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् । महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरु थपिएको उनले बताइन् । असार १६ गते नगरसभाको अर्को बैठक बोलाइएको छ ।

काभ्रेको तेमाल गाउँपालिकाले नवनिर्वाचित अध्यक्ष चन्द्र बहादुर तामाङको सभापतित्वमा नीति तथा कार्यक्रम पेश गरि सर्व सहमतीमा परित भएको छ ।

“सुशासन सहितको विकास आजको आवश्यकता, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मुल नारालाई आत्म साथ गरेर तेमाल समृद्धकालागि सम्पुर्ण जन प्रतिनिधिहरु एक भएर लाग्ने अध्यक्ष चन्द्र बहादुर तामाङले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »