सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन तथा सस्कृति मन्त्रीकाे जिम्मेवारी पाएकाे छु भन्ने हल्ला सुनेकाे छु: जीवन राम श्रेष्ठ

काठमाडौँ । नागर्जुन नगरपालिका वडा नं. ५ फूलबारी टोल प्रवेश गर्ने स्वागत द्वार तथा कल्भर्ट पुल उद्घाटन बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संघीय सांसद जीवनराम श्रेष्ठ पनि सहभागी थियो । उहाँले शुभकामना मनतव्य राख्ने क्रममा पर्यटन तथा सस्कृति मन्त्रीको जिम्मेवारी पाउने जानकारी दिएको हो ।

वडा अध्यक्ष उमेश रिमालले वडाले सहयोग गर्न सक्ने काममा कहिले पछि नहट्ने बताउनु भएको छ ।

नागार्जुन नगरपालिकाको प्रत्येक भुभागहरु मेरो नजरले नक्शा खिचेर राखेको छ । निर्वाचित भएको पाँच वर्षमा धेरै काम गर्न सकिन तर पुनः दोहोर्‍यािएको छ । अब अवश्य केही न केही नयाँ काम गर्ने छु । महिलाहरु सक्रिय भएर योजाना सम्पन्न गर्नका लागि लागेकोमा उप मेयर शुशिला अधिकारीले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

विशिष्ट अतिथिको रुपमा उपस्थित प्रतिनिधि सदस्य जीवनराम श्रेष्ठले फूलैफूलको थुङ्ग जस्तो देखिए भन्दै प्रसंशा गर्दै आफ्नो मनतव्य शुरु गरेका थिए ।


उहाँले अष्टलक्ष्मी शाक्यले इङ्कित गर्दै फरक दलको भएतापनि विकास कार्यक्रममा मिलेर नै अगाडि बढ्ने बताउनुभयो ।

सस्कृतिमन्त्रीको जिम्मा पाउँदै छन् भन्ने सुनेको छु । त्यो खालको जिम्मेवार पायो भने यो वडाको सस्कृति तथा एतिहासिक क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनेछन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आदेश्वर फूलबारी शान्त स्थान भएको अनुभव सुनाउनु भयो । उहाँले अझै पनि शहरीकरण नभएकोमा खुशी व्यक्त गर्नुभयो ।

कोभिडको कारणले आदेश्वरमा ध्यान केन्द्र निर्माण लगाएतका भौतिक संरचनाहरु निर्माण हुन नसकेकोमा दःख प्रकट गर्नु भयो । उहाँले ‘नाम आधेश्वर फूलबारी टोल नामकरण गरेतापनि नाम अनुसारको ठाउँलाई चिनाउन प्रत्येक घरमा फूलहरु हुनुपर्यो । आजैदेखि फूल रोप्न थाल्नुस् ।’ निर्देशन नै दिनुभयो । ‘नगर प्रमुख, वडा अध्यक्ष जुनसुकै पार्टीको होस् म विकास कार्यकालागि साथ दिनेछु ।’उहाँले थप्नु भयो ।

राजनीतिक असमाजदारीको कारणले बागमती प्रदेशले राम्रोसँग काम गर्न सकेन । राजनीतिक दलहरु कमजोर भएको कारणले अहिलेको समस्या आएको बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रुपमा चिनाउन अति आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमलाई समापन गर्दै सभापति तथा टोल सुधार समितिका अध्यक्ष विरमान स्याङतानले आन्तरिक पर्यटनहरु आउदा यो ठाउँलाई आदेश्वर फूलबारीको रुपमा चिनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।

आन्तरिक तथा बाहय पर्यटकहरुलाई काठमाडौं नजिकको सबै भन्दा आकर्षक टोलको रुपमा चिनाउने प्रयार भइरहेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »