सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लू को प्रभावकमगर्न हरियाली आवश्यक


प्रहलादविश्वकर्मा

नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाशाखाको आयोजनामालू (तातो हावा) सम्बन्धी ज्ञान आदानप्रदानकार्यशालाविहीवार नेपालगंजमा सम्पन्नभएको छ ।
नेपालगंजउपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगंजशहरलाई हिटवेभ सम्बन्धीअध्ययनभएको रअध्ययन प्र्रतिवेदनको आधारमानगरपालिकाले योजनाबद्ध तरिकाले काम आगाडी बढाउने प्रतिबद्धता व्यक्तगर्नु भयो ।


नेरेसो बाँके शाखाका सभापतिगोवर्धन सिंह सम्झनाले हिटवेभ र सुपर कार्यक्रमको बारेमाचर्चा गर्दै समुदायको क्षमताविकासमा रेडक्रसले सहयोग गर्ने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यस्थापन विभागका निर्देशक विपुल न्यौपानेले हिटवेभ सम्बन्धी नेपालगंजबासीहरुसंग गरिएको छलफल र नेपाल सरकारको निकायले दिएको तथ्यांकको आधारमा हिटवेभको रिर्पोट तयार भएको जानकारी दिनु भयो ।
फिनिस रेडक्रसका शुष्मा श्रेष्ठले हिटवेभ अरु विपद् जस्तो तत्कालक्षति नदेखिएता पनि मानव स्वास्थ्यमा बढी असर पर्ने गरेको बताउदै विभिन्न देशमात्यहाँका सरकारसंग मिलेर रेडक्रसले हिटवेभ सम्बन्धीकार्यक्रम संचालन गरिरहेकोे बताउनु भयो ।


कार्यशालामा नेरेसोले नेपालगंजलाई केन्द्रित गरी लू सम्बन्धमा गतवर्ष एक अनुसान्धानात्मक अध्ययन गरेको र उक्तअध्ययनको निष्कर्षहरु प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगंजका उच्च तापक्रम भएका वडाहरु, लू को कारण संकटासन्न वडा एवं समूह, यसले पारेको असर तथा प्रभाव न्यनिकरणका लागि गरिएका गतिविधिहरु र आगामी दिनमागर्न सकिने पहलहरुको बारेमाविस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
अधिकाँशव्यक्तिहरुले हिटवेभको प्रभावलाई कमगर्न स्थानीयतहले सक्रियता देखाउनु पर्ने, जलसंचयहुने पोखरी र तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा बृक्षारोपण गरी हरियालीगर्नुपर्ने कुरामाजोड दिएका छन् । नेपाल रेडक्रसले नमुनाका रुपमा नेपालगंजमा संचालन गरिरहेको हिटवेभ प्रतिकार्यकार्यक्रमबाट जनचेतना मुलक गतिविधि संचाल नभएको बताइएको छ ।


कार्यक्रममा परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको समुुदाय स्तरको अध्ययन प्रतिवेदन र हाइड्रोलोजिकल सम्बन्धी प्रस्तुतगर्नु भएको थियो । कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका मेयर, कार्यपालिका सदस्य, वडाअध्यक्ष र नेरेसो शाखा तथा उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेरेसो बाँके शाखाका सभापतिगोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, विपद् संयोजक समीर प्रताप सिंह, कार्यपालिका सदस्य बन्सत कनौजिया, नेरेसो बाँकेका उपनिर्देशक दोल खबहादुर डाँगी लगायतले विचार व्यक्तगर्नुभएको थियो भने कार्यक्रम संचालन सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »