सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्यकर्मी प्रेम कुमारी विसी सम्मानित

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । वडास्थित स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अनमी निरीक्षकलाई नगदसहित सम्मान गरेको छ ।

वडापालिकाको उदयपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी निरीक्षक प्रेमकुमारी विसीलाई नगदसहित दोलल्ला ओढाई सम्मान गरेको हो । उदयपुर स्वास्थ्य चौकीमा रहेका कर्मचारीमध्ये सबैभन्दा उत्कृष्ट काम गरेको मुल्याङ्कनका आधारमा पाकिलाले सम्मान गरेको हो ।

वडा कार्यालयले यसरी कर्मचारीलाई सम्मान गर्ने प्रचलनका कारण वडा अन्तर्गतका विभिन्न निकायमा काम गर्ने कर्मचारीमा हौसला बढ्नुका साथै जिम्मेवारीबोध तर्फ अझै इमान्दारीताका साथ नागरिकको सेवामा लाग्न उत्प्रेरणा समेत मिलेको सम्मानित विसीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »