निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

कतार च्यारेटीद्धारा युनेस्को क्लबमार्फत विपन्न किसानलाई पावर टिलर वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लामा विपन्न र गरिबका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

सोही क्रममा क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिका अति विपन्न चार वटा विपन्न किसान समुहलाई कृषि उत्पादनमा बृद्धिका लागि पावर टिलर ९साना ट्याक्टर० वितरण गरेको छ ।

साना विपन्न किसानको कृषि उत्पादन बृद्धिका लागि क्लबले सञ्चालन गरेको कृषि साना ट्याक्टर सहयोग परियोजना अन्तर्गत कृषक समुहलाई पावर टिलर वितरण गरिएको हो । एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले सयुक्त रुपमा किसानलाई पावर टिलर वितरण गर्नुभयो ।

वितरण गर्दै उहाँहरुले साना र विपन्न किसानका लागि यो सहयोग निके उपयोगी साबित हुने जनाउँदै यसबाट उनिहरुको जिवनमा ठुलो आर्थिक परिवर्तन आउने विश्वास गर्नुभयो । कोहलपुर नगरपालिकाका २, खजुरा र जानकी गाउँपालिकाका एक एक किसान समुहलाई सो पावर टिलर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

सो अवसरमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, खजुरा वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेष, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो ।

विपन्न किसानले गरेको कृषि उत्पादन बृद्धिका लागि किसान समुहलाई साना ट्याक्टर वितरण गरिएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »