काठमाडौं । नेकपा (माओवादी केन्द्र ) सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ ।
रामशाहपथ को दरवार बैंक्युटमा सम्पन्न प्रशिक्षण कार्यक्रम नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्नु भएको थियो ।
नेकपा (माओवादी केन्द्र ) सम्पर्क समन्वय प्रदेश समितिको अध्यक्ष श्री कृष्ण अधिकारी(बिवेक) को अध्यक्षतामा प्रमुख अतिथि प्रचण्ड , विषेश अतिथिमा पोलिटब्यूरो सदस्य एवं प्रदेश सम्पर्क समन्वय समितिका ईञ्चार्ज डिलाराम आचार्य साथै पोलिटब्यूरो सदस्य एवं प्रदेश समन्वय समितिका सह(ईञ्चार्ज झक्कु प्रसाद सुवेदी लगाएतको विषेश उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनाव सम्म यहि पाँचदलिय मोर्चालाई अगाडी बढाउने कुरामा आफ्नो पार्टी दृढ रहेको तथा आफ्नो पार्टीलाई कमजोर सोच्ने र त्यस्तै अभिब्यक्ति दिनेकाम भएमा माओवादी पार्टी आफ्नो सैदान्तिक धरातलमा टेकेर एक्लै चुनावमा जान पनि तयार रहन आम नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
यो पुँजिवादी ब्यबस्थाको महंगो चुनावले देशलाई संमृद्ध बनाउन सक्दैन भन्ने थाहा हुँदा हुँदै शान्ति प्रकृया का कतिपय जिम्वेवारीहरु पुरागर्न भएपनि चुनावमा जान बाध्य भएको अध्यक्ष प्रचण्डले कार्यक्रममा बताउनु भयो ।
अध्यक्ष प्रचण्डले जनताले आफुलाई जिताएर सत्तामा पठाए यो देशकोलागि केहि गरेर देखाउने योजना भएको बताउँदै सम्भवत प्रत्यक्ष निर्वाचनमा जाने यो नै आफ्नो अन्तिम चुनाव हुने तर्फ संकेत गर्नु भयो ।
![](https://www.sarakhabar.com/wp-content/uploads/2022/07/295960354_319048017032417_6507552648490665214_n.jpg)